मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

गायक प्रकाश सपूतले लसएन्जल्समा प्रस्तुति दिने

गायक प्रकाश सपूतले लसएन्जल्समा प्रस्तुति दिने


स एन्जल्स, अमेरिका । हलिउड सहर क्यालिफोर्निया राज्यको लस एन्जल्समा नेपाली साङ्गीतिक जगतका चर्चित गायक प्रकाश सपूतले आफ्नो प्रस्तुति दिने भएका छन् । 
 
नेपाली नयाँ वर्षको अवसर पारेर गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका क्यालिफोर्निया राज्य च्याप्टरले कल्याणकारी कोष स्थापनार्थ आयोजना गरेको साङ्गीतिक साँझमा सपूतले मे ८, २०२२ मा आफ्नो प्रस्तुति दिने भएका हुन् ।
 
उनीसहित गायिका संगीता थापामगरको पनि प्रस्तुति रहने छ भने कार्यक्रमको सञ्चालनका लागि मिस इन्टरकन्टिनेन्टल नेपाल २०२० तथा मिस ग्रान्ड नेपाल २०१९ विजेता निशा पाठकले गर्ने एनआरएनए अमेरिकाका पश्चिम क्षेत्रका पूर्व क्षेत्रीय संयोजक रोशन अधिकारीले जानकारी दिएका छन् । 
 
कल्याणकारी कोष स्थापना गरी आपतमा परेका नेपालीलाई सहयोग पुर्‍याउने उद्देश्य राखी कार्यक्रमको आयोजना गरिएको हालसम्म ५ हजार डलरभन्दा बढी सहयोग संकलन भैसकेको च्याप्टर अध्यक्ष एकदेव शर्माले जानकारी दिए । 
 
कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भैसकेको बताउँदै कार्यक्रम संयोजक च्याप्टरका बोर्ड अफ डाइरेक्टर जोसेफ घलेले टिकटदर ५० डलर राखिएको बताए ।