ड्यालस, अमेरिका । जीवन विज्ञानको आयोजनामा आउँदो जुलाई महिनामा अमेरिकाको ड्यालसमा एकहप्ते चक्र विज्ञान शिविर हुने भएको छ ।
आयोजक समितिकी सदस्य एवं जीवन विज्ञानकी प्रशिक्षक माला महतका अनुसार ड्यालसको युलेसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको नवनिर्मित भवनमा उक्त शिविर हुनेछ । जुलाई ६ देखि १२ तारिकसम्म हुने शिविरमा जीवन विज्ञानका प्रमुख प्रशिक्षकद्वय एलपी भानु शर्मा र रमेश नेपालले योग तथा आध्यात्म, जीवनका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सहभागी हुनका लागि २५० डलर शुल्क तोकिएको छ । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा हुने उक्त कार्यक्रमको सहआयोजकका रुपमा नेपाली समाज टेक्सस, जनसम्पर्क समिति, एचडिएनपी, ब्लड डोनर्स अमेरिका, एनआरएनए टेक्सस च्याप्टर रहेका छन् ।
‘
‘जीवन र जगत, हाम्रो जीवन प्रणाली बुझ्नका लागि यो शिविर अति महत्त्वपूर्ण भएको हुँदा सबैलाई सहभागिताका लागि मेरो विशेष अनुरोध छ’ प्रशिक्षक माला महतले अपिल गरेकी छिन् । कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागितका लागि निकै चासो देखाएका छन् ।
यस्तै खालको शिविर ड्यालसपछि भर्जिनिया र ओहायो राज्यमा पनि आयोजना हुने गरी कार्यक्रम तय भैसकेको छ ।
प्रतिक्रिया