मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

के एनआरएनएको औचित्य समाप्त भएको हो

के एनआरएनएको औचित्य समाप्त भएको हो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- विदेशमा बस्ने नेपालीको पक्षमा काम गर्न भनेर गठन भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को औचित्य समाप्त भएको हो ? 
 
सामाजिक संजाल र अनौपचारिक रुपमा आएका प्रतिकृयाका आधारमा भन्ने हो भने एनआरएनएको औचित्य समाप्त भएको छ । झण्डै ६ महिना चलेको नेतृत्व चयन विवाद र त्यस पछि हचुवाका भरमा गठन गरिएको पदाधिकारी चयन कमैलाई मन परेको छ । मुख्य पदमा चयन भएका समेत खुशी छैनन् । 
एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीका अनुसार अहिलेसम्म आईसीसी पदाधिकारीको को हुन् भन्ने औपचारिक जानकारी समेत एनसीसीलाई दिईएको छैन । 
 
एनसीसी मध्येमा सवैभन्दा धेरै सदश्यता भएको एनआरएनए अमेरिकामा अहिले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव सहित सानो तिनो मञ्चमा नअट्ने पदाधिकारी छन् । तर, यति धेरै पदाधिकारीको औचित्यका वारेमा अमेरिका भित्रै प्रश्न उठेको छ । यत्रा पदाधिकारी हुदां पनि एनआरएनए अमेरिका विवादित छ । 
विदेशमा वस्ने नेपालीले थुप्रै हण्डर पाएका छन् । दुख्ख गरेर कमाएको पैसाले केही सुन वा  अलि ठुलो टेलिभजन ल्यांउदा एयरपोर्टमा अनेक अझमेला गरिन्छ । नेपाली नागरिकताको निरन्तरताको विषय प्रभावकारी रुपमा मुद्दा वन्न सकेको छैन । विदेशमा वस्ने नेपालीका लागि नेपालमा सम्पत्ति र राजनीतिक अधिकारको विषय जटिल वनाईएको छ । 
 
ठुलो व्यापार घाटाले गर्दा देशमा विदेशी मुद्राको अभाव भएको छ । अर्थमन्त्रालय र राष्ट्र बैंकले नेपालमा डलर खाता खोल्न आग्रह गरिरहेको छ । तर, एनआरएनएले यस्ता मुद्दालाई प्रभावकारी रुपमा राख्न सकेको छैन । विवाद मिलाउन राजनीतिक पार्टी र सरकारलाई सकृय गराउंदा एनआरएनए अरु कमजोर वनेको छ । पछिल्लो विवादले विदेशमा वस्ने धेरै नेपाली एनआरएनएसंग टाढिन थालेका छन् । आफ्ना मुद्दालाई प्रभावकारी रुपमा उठाउने कुनै विकल्प खोज्दै छन् । 
 
विदेशमा वस्ने नेपाली गैर आवासीय नेपाली हुन् । तर, एनआरएनएको सदश्यता लिनेको संख्या भने निकै सानो छ । अहिले ५०  लाख भन्दा वढी नेपाली विदेशमा रहेको अनुमान छ । तर, एनआरएनएको सदश्य संख्या भने जम्मा १ लाख ६ हजार मात्र छ । 
 
दुई बर्ष अघि एनआरएनएले १० अर्व रुपैंयाको महत्वकांक्षी लगानी कोषको अवधारणालाई छिटो गतिमा अघि वढाएको थियो । तर, संस्था भित्र विवाद आएपछि यो कोष पनि संकटमा परेको छ । 
 
एनआरएनएले आफ्नो साख फर्काउन निकै ठुलो मेहिनेत गर्नु पर्ने अवस्था छ । तर, यस तर्फ संस्था अघि वढेको छैन । त्यसैले यसको औचित्य समाप्त हुदैं गएको छ ।