मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

विवादको मुख्य कारण डेलिगेट चयनको अव्यवहारिक व्यवस्था हो यो परिवर्तन गर्नु पर्छ -बुद्धि सुवेदी

विवादको मुख्य कारण डेलिगेट चयनको अव्यवहारिक व्यवस्था हो यो परिवर्तन गर्नु पर्छ -बुद्धि सुवेदी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- निवर्तमान अध्यक्षले पढेर सुनाएका एनआरएनए पदाधिकारीको नामलाई अमेरिकामा रहेका एनआरएनए एनसीसी आवद्ध सदश्यले स्विकार्नु पर्छ भन्ने छ ?
 
यो प्रश्नमा विदेशमा रहेका एनआरएनए आवद्ध राष्ट्रिय समन्वय परिषद मध्ये सदश्य संख्यामा सवैभन्दा ठुलो एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी भन्छन् यो वाध्यता भयो खराव विकल्प मध्ये उत्तम विकल्प थियो । यसमा म पनि भित्रै देखि सन्तुष्ठ छैन । 
 
अमेरिकाले अध्यक्ष देखि कयौं पदाधिकारी पाएको छ । सानो तिनो मञ्चमा अटाउंदैनन । साधारण सदश्यले यो मान्नु पर्छ भन्ने छ ? यो प्रश्नमा सुवेदी भन्छन् अमेरिकाका लागि यो सकरात्मक पनि हो, नकरात्मक पनि । ति पदाधिकारीले संस्था र समुदायका लागि केही काम गरेर देखाउन सक्नुभयो भने पद लिनुको औचित्य सावित हुन्छ । होइन केही नगर्ने हो भने पदकै लागि रहेछ भन्ने वुझ्नु पर्छ । उहांहरुले नेपाली समुदायको पक्षमा केही काम गरेर देखाउनु हुन्छ  भन्ने मेरो झिनो आशा छ । 
 
आईसीसीमा यस अघिको कार्यकालमा पनि दुई जना उपाध्यक्ष लगायत अन्य पदाधिकारी थिए । तर, उनीहरु विच नै समन्वय थिएन । 
 
अहिले सम्म आईसीसीवाट कुन कुन पदाधिकारी आधिकारिक रुपमा चयन भए यसको औपचारिक जानकारी नआएको सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार अहिले सम्म पनि मलाई औपचारिक रुपमा आईसीसीमा को कुन पदमा चयन हुनुभयो भन्ने कुनै जानकारी छैन । चयन भएका पदाधिकारीका वारेमा औपचारिक जानकारी त आउनु पर्यो नि । खाली निर्वतमान अध्यक्षले पढेर सुनाउनु भएको जम्बो टोलीकै आधारमा यि नै पदाधिकारी भए भन्ने कसरी मान्ने ? 
 
पदाधिकारीको जम्बो टोली वनाउनु वाध्यता भएको सुवेदीले वताए । संस्था दुई चिरा पर्ने संभावता आयो । विभाजनलाई रोक्न खोज्दा यस्तो सहमती स्विकार्नु परेको हो । तर, पनि पुर्व अध्यक्ष शेष घले समेटिन सक्नु भएन उहांपनि सगै हिड्नुपर्छ भन्ने मलाई अहिलेपनि लाग्छ । मैले व्यक्तिगत र संस्थागत तर्फवाट अन्तिमसमय सम्म यसका लागि पहल गरेको थिएं । तर, हुन सकेन । कता कता शेष दाई पनि सगैं नहुदां मलाई खुशी छैन सुवेदीले भने । 
 
काठमाडौमा पुगेर सहमती भएपनि विवादको कारण के थियो ? सुवेदी भन्छन् अव्यवहारिक डेलिगेट सिस्टम विधानमा राख्नु नै विवादको कारण हो । डेलिगेट छनौटमा विशेष अधिवेशनले जुन ६५, १० र २५ भन्ने जुन अवधारणा ल्यायो यो नै विवादको कारण हो । यसलाई विद्यानवाट नहटाउने हो भने फेरी पनि विवाद आउंछ । अवको विद्यान अधिवेशनमा हामी यो सिस्टम हटाउन पहल गर्छौ । सवै सदश्यलाई भोटको अधिकारी दिने वा अन्य कुनै उपयुक्त विकल्पमा हामी जानै पर्छ । गएको कार्यसमितिका कतिपय सदश्यले विद्यानको यो व्यवस्थालाई वैज्ञानिक भन्दै आएका थिए । 
 
समग्रमा अहिले एनआरएनए संस्थाको साख गिरेको छ पदकै लागि संस्था वनाईएको हो कि भन्ने आरोप छ सुवेदीले भने हामीले संस्थाको साख वढाउन निकै मेहिनेत गर्नु पर्ने अवस्था छ । 
 
अव तपाई के गर्नु हुन्छ ? म अव एनआरएनए अमेरिका भित्रै केन्द्रित हुन्छु । आईसीसी विवादले मेरो समय त्यसै वित्यो । नेपाली नागरिकताको निरन्तरता, द्धैध कर हटाउन व्यवस्था, सम्पत्तिको अधिकार,राजनीतिमा संलग्नता हुनपाउनु पर्छ भन्ने जस्ता हाम्रो समुदायका थुपै्र मुद्दा छन् म अव यस्तै काममा व्यस्त हुन्छ सुवेदीले भने अर्को अमेरिकामा एनआरएनएक कार्यालय भवन वनाउने मुख्य विषय छ । यसमा म लागि पर्छु ।