मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन सकिन्छ : सभामुख सापकोटा

संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन सकिन्छ : सभामुख सापकोटा


लुम्बिनी । सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताएका छन् । 
 
लुम्बिनी प्रदेशसभाद्वारा आयोजित ‘अन्तरप्रदेश व्यवस्थापिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “आ–आफ्नो अनुकूलताअनुसार कानुनको व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको छ ।” 
 
सभामुख सापकोटाले कानुन निर्माणमा व्यवस्थापिकाले ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापिका संसद्अन्तर्गत सङ्घीय संसद् र प्रदेश व्यवस्थापिकाका संरचनामा कहाँ त्रुटि छन् भनेर गम्भीरतापूर्वक खोज्ने र त्यसको निष्कर्ष र समस्या समाधानका लागि आफू लागिपरेको बताए ।  
 
उनले हाम्रो सार्वभौमसत्ता सम्पन्न संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन ऐतिहासिक भूमिका खेल्न जरुरी रहेको पनि बताए । 
 
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नेपालस्थित नीति निर्माण सल्लाहकार बिन्दा मगर, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमलगायतले संसदीय अभियासलाई अझ बढी प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिए ।  
 
आजदेखि सुर भएको सो अन्तरक्रिया कार्यक्रममा सातै प्रदेशका सभामुख र उपसभामुखले सङ्घीयता कार्यान्वयनमा पाँचवर्षे अनुभव, चुनौती र सम्भावना विषयमा छलफल गर्नेछन् ।  
 
उनीहरुले प्रदेशसभा सञ्चालनका अनुभव, सभालाई कसरी मर्यादित र जनमुखी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव आदानप्रदान र अन्तरक्रिया गर्नेछन् । 
 
आयोजक लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले सहजीकरण गरेका सो कार्यक्रमको संश्लेषणात्मक प्रतिवेदन तयार गर्न गठित मस्यौदा समितिले अन्तरक्रियामा उठेका विषयहरुलाई समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ । रासस