मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली नयांबर्ष २०७९ को उपलक्ष्यमा घरबार बिहिनलाई नेपाली खाना वितरण

नेपाली नयांबर्ष २०७९ को उपलक्ष्यमा घरबार बिहिनलाई नेपाली खाना वितरण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडोमा कृयासिल लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा आईतबार घरबार बिहिन स्थानीयलाई नेपाली खाना बितरण  कार्यक्रम सम्पन्न भयो ।
 
लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा  घरबार बिहिन स्थानीयहरुले नेपाली खाना दाल, भात, मासु, तरकारी र खीर र दहीको स्वाद लिई खुशी साथ खाएका थिए । खाना बितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी र समाज सेवीहरुको सकृय  सहयोग र सहभागिता रहेको थियो ।  
 
आईतबार ११.३० देखि सुरु भएको खाना बितरण कार्यक्रम दिउसो १ बजे सम्म संचालन भएको थियो । बितरित खाना लायन्सका पदाधिकारी तथा समाजसेवीहरुले घर घरमा तयारपारी ल्याएर बितरण गरेका थिए ।
 
खाना बितरण स्थल आवर सेन्टरमा बिहान ९ बजे देखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी आवर सेन्टरका सुपरभाईजर लगायतका व्याक्तिहरु सक्रिय रुपमा स्वयंसेबक भई काम गरेका क्लवका अध्यक्ष  संजय श्रेष्ठले बताएका छन् ।
 
लङमन्ट हिमालयज् लायन्स क्लबको सकृयतामा बिगत ७ बर्ष देखी अग्रेजी नयाबर्ष र नेपाली नयाबर्षको उपलक्ष्यमा  बर्षको दुई पटक स्थानीय घरवार बिहिनलाई नेपाली खाना बितरण गरिदै आएको क्लबका  सचिब जोशन श्रेष्ठले बताएका छन् ।  क्लबले कर्मभुमी अमेरिकामा र जन्म भुमी नेपालमा यस्ता दर्जनौं सामाजिक कृयाकलापहरु गर्दै आएको छ ।