मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनको एलभिभ शहरमा पाँच शक्तिशाली मिसाइल आक्रमण, छ जनाको मृत्यु

युक्रेनको एलभिभ शहरमा पाँच शक्तिशाली मिसाइल आक्रमण, छ जनाको मृत्यु


लभिभ । युक्रेनको पश्चिमी शहर एलभिभमा सोमबार बिहान पाँचवटा शक्तिशाली मिसाइल आक्रमण हुँदा छ जना सर्वसाधारणको मृत्यु भएको र हावामा धुवाँको मुस्लो निस्किएको रुसी मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले जनाएको छ।
 
एलभिभका मेयर एन्ड्री साडोवीका अनुसार रुसी सेनाले अप्रिल १८ का दिन बिहान एलभिभमा पाँचवटा मिसाइल प्रहार गरेको थियो। क्षतिको विवरण अझै स्पष्ट भइसकेको छैन । घाइतेको संख्या आठ पुगेको छ भने मृत्यु हुनेको संख्या बढ्ने क्रममा छ । 
 
एलभिभ क्षेत्रका बासिन्दाहरूलाई आश्रयस्थलमा बस्न भनिएको छ । त्यहाँ हवाई हमलाको चेतावनी अझै जारी छ । रूसले पहिलो पटक देशमा आक्रमण गर्दा युक्रेनमा सबैभन्दा धेरै शरणार्थीहरू एलभिभ शहरमा आएका थिए । खार्किभ, कीभ, खेरसोन र अन्य ठाउँबाट धेरै मानिसहरू आफ्नो ज्यान बचाउन परिवारसहित त्यहाँ आएका थिए । 
 
मार्च १३ मा पश्चिमी युक्रेनी शहर एलभिभमा रुसी सेनाले कुनै पूर्वजानकारीविना त्यस शहरमा एक्कासि आक्रमण गरेपछि पहिलो पटक ठूलो विष्फोट भएको  थियो ।  
 
गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जनगणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतको लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको हो । उक्त आक्रमण पछि रुसले अहिले अन्तरराष्ट्रिय दबाबको सामना गरिरहेको छ ।
 
रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनमा थप छ जनाको मृत्यु भएको र अधिकारीहरूले अरु आठ जना घाइते भएको पनि जानकारी दिएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने एलभिभ सहरमा सोमबार आक्रमण भएको अधिकारीहरूले जनाएका छन् । 
 
क्षेत्रीय गभर्नरले दिएको जानकारीअनुसार यस आक्रमणलाई अस्वभाविक र अप्रत्याशित मानिएको छ । “अहिलेसम्म हामीले कम्तीमा छ जनाको मृत्यु भएको र अरु आठ जना घाइते भएको पुष्टि गर्न सक्छौँ,” उनले भने ।  घटनामा परेकामध्ये केही बालबालिकासमेत रहेको पनि उनले जानकारी दिए । एजेन्सी