मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

शान्ति र आनन्दसँग कसरी जिउने : प्रेम रावतद्वारा मार्गदर्शन

शान्ति र आनन्दसँग कसरी जिउने : प्रेम रावतद्वारा मार्गदर्शन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, भारत । प्रकाशक हार्पर कोलिन्सले टाइमलेस टूडेको सहयोगमा एउटा पुस्तक लेखक कार्यक्रम प्रस्तुत गरेको छ: “हियर योरसेल्फ” अर्थात् “आफूले आफैँलाई सुन्नुहोस् अनि कोलाहलले भरिएको यस संसारमा शान्ति कसरी खोज्ने” । यो प्रेम रावतद्वारा लिखित बेस्टसेलिङ पुस्तक हो जसको प्रकाशन सन् २०२१ मा अन्तर्राष्ट्रिय रूपमा गरियो । 
 
मुम्बईमा भएको उक्त कार्यक्रममा शान्तिका अन्तर्राष्ट्रिय प्रवद्र्धक प्रेम रावतले एक भारतीय अभिनेत्री मन्दिरा वेदीसँग यस पुस्तकका बारेमा कुराकानी गरे र आफ्नो व्यस्त जीवनको कोलाहललाई कसरी शान्त गर्न सकिन्छ भन्ने बारेमा मार्गदर्शन गरे । यसबाट हामीले आफूभित्रको अनौठो र आधिकारिक आवाज सुन्न सक्नेछौँ । उनले भने, ‘शान्ति मानवताको सबैभन्दा ठूलो उपलब्धि हो ।’
 
प्रेम रावत, विश्व प्रसिद्ध शिक्षक, सर्वाधिक बिक्री हुने पुस्तकका लेखक र मानवताका अभियन्ता हुन् । उनले संसारभरका मानिसहरूलाई आफ्नो हृदयको आवाजलाई सुन्न र आफ्नो जीवनलाई उत्तम तरिकाले जिउनको लागि प्रेरित गर्छन् । उनले लेलेका पुस्तकहरू संसारभरी सर्वाधिक बिक्री हुने पुस्तकको सूचीमा परेका छन् । आफ्नो सन्देश दिने क्रममा उनले समसामयिक कहानीहरू तथा प्राचीन कथाहरूलाई वर्तमान परिप्रेक्ष्यमा रोचक ढङ्गले प्रस्तुत गरे, जसलाई मानिसहरूले ज्यादै मन पराएका छन् । 
 
न्युयोर्कको यस सर्वाधिक बिक्री भएको पुस्तकमा प्रेम रावतले आफ्नो लामो यात्राको क्रममा धार्मिक व्यक्तित्व, राजनीतिक नेतादेखि लिएर संसारका कडा जेलहरूमा रहेका कैदीहरूसँग गरेको आफ्ना कुराकानी उल्लेख गरेका छन् । शक्तिशाली अन्तर्दृष्टि तथा प्रेम रावतको जीवनको अनुभवहरू समाहित उनको यस नयाँ पुस्तक “हियर योरसेल्फ” ले हामीले आफूभित्रको आवाजलाई सुन्नका लागि अपनाउन सकिने महत्त्वपूर्ण र व्यावहारिक कदमहरूका बारेमा जानकारी दिएको छ । 
 
प्रेम रावतले आफ्नो पुस्तकका माध्यमले के भनेका छन् भने तपाईंभित्र एउटा त्यस्तो ठाउँ छ जहाँ दैनिकीको समस्याले तपाईँलाईं दुःख दिँदैन । हामीभित्र विद्यमान उक्त स्थानमा हामी स्पष्टता र सन्तुष्टिको अनुभूति गर्न सक्छौँ । उक्त स्थान आनन्द तथा आन्तरिक शान्तिको वास्तविक स्थान हो । शान्तिको यो भावना हाम्रै हृदयमा छ । तपाईं जो भए पनि शान्ति तपाईंबाट सुरू हुन्छ, आत्मज्ञानले तपाईंलाई यसको अनुभूति गर्न सबल बनाउँछ र यो तपाईंको जीवनमा कसरी सम्भव हुन्छ भन्ने कुरा यस पुस्तकले तपाईंलाई बताउनेछ । 
 
“हियर योरसेल्फ” अर्थात् “आफूले आफैँलाई सुन्नुहोस्” । यो पुस्तक डर, क्रोध र चिन्ताबाट बच्ने उपाय खोज्ने र आफ्ना कानहरूबीचको कोलाहललाई हटाउने बारेमा हो । आन्तरिक शान्ति, आनन्द र सन्तोषद्वारा जीवनलाइए बदल्ने यात्राको सुरूवात हुन सक्छ । आफ्नो समयको अधिकतम् लाभ उठाउनका लागि हामीले आफ्नो ध्यान त्यही ठाउँमा लगाउनुपर्छ जसले वास्तवमा हाम्रा लागि अर्थ राख्दछ र जसले हामीलाई सबैभन्दा धेरै सन्तुष्टि दिन्छ । किनभने संसारमा बाँकी सबै कुरा कोलाहल मात्रै हुन् ।
 
जब कार्यक्रम सञ्चालक मन्दिरा वेदीले प्रेम रावतसँग उनको पुस्तक “हियर योरसेल्फ” को बारेमा सोधिन्, उनले भने, “यो पुस्तक शिक्षण सामग्री होइन । यो त एउटा यस्तो चीज हो जसले कसैलाई आफ्नो जीवनलाई बुझ्ने र प्रशंसा गर्ने क्षमता खोज्न मद्दत गर्दछ ।”  एक जना सहभागीको प्रश्नको उत्तर दिँदै उनले सुझाव दिए, “जब अप्ठ्यारो समय आउँछ, “आफूले आफैँलाई सुन्नुहोस्।”
 
अन्तमा, रेडियो प्रस्तोता अर्चनाले उनको मन्त्र के हो भनेर सोध्दा उनले भने, “म चुप लाग्छु, सोच्न छोड्छु र आफ्नो हृदय खोल्दछु ।”
 
एउटा महामारीको संसार जहाँ आधुनिक जीवनका समस्याहरूले हामीलाई थकान र असहजता महसुस गराउन सक्छ, प्रेम रावत भन्छन्, हामी हरेक व्यक्तिभित्र गाइरहिएको शान्तिको सुमधुर सङ्गीतलाई कसरी सुन्न सकिन्छ जसले गर्दा हामी पनि भित्रको शान्तिको अनुभूति गर्न सक्छौँ !