मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली नयाँ वर्षको अवसरमा कोलोराडोमा एभरेष्ट एडल्ट डे केयरको उद्घाटन

नेपाली नयाँ वर्षको अवसरमा कोलोराडोमा एभरेष्ट एडल्ट डे केयरको उद्घाटन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरिका । नेपाली नयाँ वर्षको अवसर पारेर कोलोराडोमा नेपाली भाषी समुदायलाई लक्षित गरी खोलिएको एभरेष्ट एडल्ट डे केयरको एक समारोहबीच उद्घाटन गरिएको छ ।
 
सिटी अफ अरोराका काउन्सिल म्यान रुबेन मेडिनाको प्रमुख आतिथ्यतामा एवं स्थानीय नेपाली, नेपाली भाषी भुटनिज तथा अन्य विभिन्न देशका संघसंस्थाका प्रतिनिधि, समाजसेवी बुद्धिजीवी, पत्रकार, व्यवसायी तथा स्थानीयहरुको उपस्थितिमा डे केयर उद्घाटन गरिएको हो ।
 
कार्यक्रमका प्रमुख अतिथि काउन्सिल म्यान रुबेन र एभरेष्टका विभिन्न समुदायका छ सदस्यसहित सात जनाले संयुक्तरुपमा रिबन काटेर डे केयरको औपचारिकरुपमा उद्घाटन गरिएको थियो । 
 
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै रुबेनले आफू यस्ता सेवामूलक व्यवसाय टोलटोलमा खुल्नु पर्दछ भन्ने पक्षमा रहेकोले आफ्नो साथ, सहयोग र समर्थन सधैँ रहने प्रतिबद्धता जनाउँदै जुनसुकै सहयोग चाहिएमा पनि आफूलाई सम्पर्क गर्न आग्रह गरे । 
 
कार्यक्रममा समाजसेवी एवं सामाजिक अभियन्ता प्राध्यापक डा विजयराज शर्मालगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्त, नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल, समाजसेवी तथा नेपाली सांस्कृतिक केन्द्र नेपाली घर खरिद समितिका संयोजक लछुमन रानालगायत थुप्रै संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
 
विदुर क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रम श्याम दाहाल, छुसाङ शेर्पा र मारिया मुले नेपाली, अंग्रेजी र बर्मोस भाषामा संयुक्तरुपमा सञ्चालन गरेका थिए ।  एभरेष्ट परिवारका तर्फबाट मणि दाहाल, श्याम दाहाल र ग्रीनाले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । सोही क्रममा मणि दाहालले एभरेष्ट डे केयरको विशेषतामाथि प्रकाश पारेका थिए । 
 
कार्यक्रममा एभरेष्टमार्फत सेवा लिइरहेका डे केयरका सदस्यहरुले आफ्नो अनुभव सुनाएका थिए भने एभरेष्टले प्रदान गर्ने विविध सेवा-सुविधाबारे जानकारी दिँदै अध्यक्ष सोम बरालले कार्यक्रय सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएका थिए ।
 
विभिन्न माध्यमबाट अमेरिका आइपुगेका दैनिक जीविकोपार्जन गर्न अन्य व्यक्तिको साथ र सहयोग आवश्यक पर्ने १८ वर्षमाथिका अपाङ्गता भएका तथा वृद्धवृद्धा जसलाई सरकारीले उपलब्ध गराउने मेडिकेटलगायत विभिन्न सहयोगहरु आवश्यक छ, त्यस्ता व्यक्तिहरुलाई परामर्श सेवालगायत विभिन्न सहयोग पु¥याउने उद्देश्यले खोलिएको केयर सेन्टरबाट संसारका २० भन्दा बढी देशबाट आएका  एकसयभन्दा बढीले सेवा लिइरहेको एभरेष्ट डेकेयरका अध्यक्ष सोम बरालले बताएका छन् ।