मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा अहिले घर किन्ने वा नकिन्ने ?

अमेरिकामा अहिले घर किन्ने वा नकिन्ने ?

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शेयर बजार, अमेरिकाको अर्थतन्त्रलाई अध्ययन गरिरहेका ओजेश उप्रतीको भनाइ मान्ने हो भने यो घर किन्न हतार गर्ने समय होइन । 
 
किन ?  उनी भन्छन्, आपूर्ति व्यवस्थाको असन्तुलनले घर महँगो भएको छ, यो कृत्रिम मूल्य वृद्धि हो । त्यसैले यो घर किन्न हतार गरिहाल्नु पर्ने समय होइन । 
 
यसबाहेक घर किन्न हतार गर्न नहुने अरु कारण पनि छन् । ऋणको कित्तामा लाग्ने व्याजदर महँगो भएको छ, घर पनि महँगो भएका छन् । उपभोग्य वस्तुको मूल्य वृद्धिदर पनि उच्च छ । नयाँ र पुराना गाडीको मूल्यसमेत बढेको छ । अमेरिकी अर्थतन्त्रमा मन्दीको कुरा पनि उठ्न थालेको छ । यी सबै कारणले गर्दा घर किन्न हतार नगर्दा राम्रो हुने ओजेशको सुझाव छ । 
 
महँगो हुँदै गए पनि केही महिनायता कयौँ नेपालीले घर जोडिरहेका छन् । घर किन्ने नेपालीको संख्या ह्वात्तै बढेकाले नेपाली रियल्टर पनि बढ्न थालेका छन् । सामाजिक सञ्जालमा कयौँ नेपालीले घर किनेको फोटो शेयरसमेत गरिरहेका छन् । 
 
३० वर्षे ऋणको मार्गेज दर अहिले औषतमा ५  प्रतिशत पुगेको छ । यो एक वर्षअघिको तुलनामा झण्डै दोब्बर हो । सन् १९९४ यता पहिलो पटक यति छिटो गतिमा मोर्गेज दर बढेको हो । 

 
कोभिड १९ का कारणले घर निमार्ण समाग्रीको आपूर्ति व्यवस्थामा गडवडी भएको थियो । कामदार पनि अभाव भयो । यही कारण माग अनुसार घर वन्न सकेनन् । त्यसैले केही बर्ष यता घरको मूल्य उच्चदरले वढ्यो । कयौं शहरमा घरको बार्षिक मूल्य १५ प्रतिशत देखि ३० प्रतिशत सम्म पनि वढ्यो ।  उपभोग्य वस्तुको मूल्य बृद्धिपनि ४० बर्ष यताकै उच्च दरले वढेको छ । 
 
उत्पादकको मूल्यमा उपभोग्य वस्तुको भाउ बृद्धिदर अझ उच्च छ । यो घटेको छैन । यसले गर्दा आउने दिनमा उपभोग्य वस्तुको मूल्य अरु वढ्ने देखिएको छ । यो मूल्य बृद्धि नियन्त्रण गर्न अमेरिकाको केन्द्रिय बैंकले व्यादर वढाएको हो । 
 
साधारण शव्दमा भन्दा कोभिड १९ पछि अमेरिका सरकारले जनतालाई विभिन्न नाममा दिएको पैसा अव खिच्दै छ । यसले गर्दा बजारमा पैसा कम हुने छ । अमेरिकाको केन्द्रिय बैंकले अव सित्तैमा पैसा पाउने समय सकिएको जानकारी बजारलाई दिईसकेको छ ।
 
उपभोग्य वस्तुको मूल्य बढ्नु भनेको आम अमेरिकीको बचत घट्नु हो । 

 
डेनभर, टेक्सस डलास लगायत कयौं स्थानमा घरको मूल्य बृद्धिसंगै अपार्टमेण्ट वा घरभाडा दर वढेको छ । पुरानो घर विक्री गर्न चाहनेलाई पनि नयां घर पर्याप्त मात्रामा बजारमा आएका छैनन । घर भाडामा वस्नेले पनि उपयुक्त घर भेट्न सजिलो छैन । सिधा भन्दा पुरानो घर विक्री गर्न चाहनेलाई पनि नयां राम्रो घर किन्ने अवसर कम छ । यही चक्रले घरको माग घढेको छैन । कतिले भाडामा लगाएर पनि मजाएले मोरगेज तिरीरहेका छन् । 
 
अमेरिकामा जाडो मौसम पछि (अप्रिल महिना शुरु भएपछि) बजारमा घर खरिद विक्री वढ्छ । अव घर जग्गा बजार तात्न थालेकाृ छ । बजारमा घर विक्री गर्न खोज्ने वढेका छन् । तर, मूल्य के हुन्छ यो यसै भन्न सकिने अवस्था छैन । मूल्य घटी हालेको पनि छैन । 
 
 उच्च मोर्गेज दर, महंगी लगायतको असर देखिन बांकी छ । आर्थिक तथ्यांकले घरको मूल्य घटाउन दवाव दिन सक्छ । तर, बजारमा आपूर्ति बढेन भने वा जति घर विक्रीमा आए माग त्यस भन्दा वढी भयो भने फेरी मूल्य घट्दैन । 
त्यसैले यो घर किन्न हतार गर्न नहुने समय हो ।