मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा उपभोग्य वस्तुको मूल्य वृद्धिदर अझै उच्च

अमेरिकामा उपभोग्य वस्तुको मूल्य वृद्धिदर अझै उच्च

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका-अमेरिकामा महंगी वढ्ने क्रम रोकिएको छैन । वुधवार सार्वजनिक उपभोग्य वस्तु भाउको तथ्यांक अनुसार मार्च महिनामा साढे ८ प्रतिशतले मूल्य वढेको छ । 
 
उपभोग्य वस्तुको मूल्य बृद्धिदर यसरी उच्च रहेको यो ४० वर्ष यताकै बढी हो । 
 
बस्तु उत्पादन गर्ने उद्योगको तथ्यांकका आधारमा पनि आउने दिनमा मूल्य बृद्धि अझ नरोकिने संकेत गरेको छ । उत्पादक मूल्यमा मार्चमा बृद्धिदर ११ दशमलव २ प्रतिशत छ । यो अघिल्लो महिनाका तुलनामा १ दशमलव ४ प्रतिशतले उच्च हो । 
 
वस्तु ढुवानी गर्ने डिजेल, जहाजमा हाल्ने हाल्ने तेल, कामदारको पारिश्रमिक लगायतको बृद्धिले अमेरिकी उत्पादकको लागत वढेको छ । यसका कारण ताजा र ड्राई तरकारीको मूल्य समेत वढेको छ । 
 
युक्रेनमा भएको युद्धले अमेरिकामा तेलको मूल्य उच्च छ । कयौं स्थानमा उपभोक्ताले प्रति ग्यालिन ४ अमेरिकी डलर भन्दा वढी तिर्दै आएका छन् । 
 
उपभोग्य वस्तुको मूल्य बृद्धिले शेयर र घर जग्गा बजारमा कस्तो असर पर्छ यो भने अनिश्चित छ । 
 
शेयर बजार माथि उक्लिन सकेको छैन । केही शेयरले राम्रो गरेपनि अर्थतन्त्रमा अन्यौलताले समग्र बजार सुचकांक माथि चढेको छैन । 
 
तर, तातेको घर जग्गा कारोवार अझै सेलाएको भने छैन । निमार्ण समाग्रीको अभावले माग अनुसार नयां घर वनेका छैनन् । कयौं स्थानमा घर भाडा अझै उच्च  छ । माग अनुसार नयां घर नवन्नु, भाडामा लगाउंदा राम्रो मूल्य पाएकाले पनि घर जग्गाको माग कम भएको छैन । 
 
अमेरिकाको अर्थतन्त्रमा मन्दी शव्द भने आउन थालेका छ । बैंक अफ अमेरिकाले आउने दिनमा मन्दीको जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । 
 
तेल लगायत उपभोग्य वस्तुको मूल्य बृद्धि कहिले सम्म रहन्छ र यसले कस्तो असर पार्छ भन्ने अहिलेको मूख्य प्रश्न हो । तर, निश्चित आम्दानीमा वस्दै आएका उपभोक्ता भने उपभोग्य वस्तुको मूल्य बृद्धिले आत्तिएका छन् । तस्बिर: सामाजिक संजाल