मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

विदेशमा बस्ने नेपालीलाई वाणिज्य बैंक र टेलिकमको शेयर बिक्री बारेमा छलफल

विदेशमा बस्ने नेपालीलाई वाणिज्य बैंक र टेलिकमको शेयर बिक्री बारेमा छलफल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विदेशमा बस्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स बढ्न नसक्दा आत्तिएका देशको अर्थतन्त्रसँग सम्वद्ध उच्च सरकारी अधिकारीहरु विदेशी मुद्रा भित्राउने स्रोतको खोजीमा छन् । यसै क्रममा विदेशमा बस्ने नेपालीलाई राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकममा रहेको सरकारी शेयरको केही अंश बिक्री गर्ने प्रस्तावमा पनि छलफल भएको छ । 
 
काठमाडौँमा मंगलबार अर्थमन्त्री, राष्ट्र बैंक गभर्नर, अर्थसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतका उच्च सरकारी नीति निर्माताको बैठकमा विदेशमा बस्ने नेपालीलाई सरकारी स्वामित्वमा रहेका यी दुई संस्थाको शेयर बिक्री गर्ने विषयमा छलफल भएको हो । 
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले वैठकमा यस्तो प्रस्ताव राखेका थिए । यसवाट हाललाई १० देखि २० करोड अमेरिकी डलरसम्म विदेशी मुद्रा भित्राउन सकिने बताइएको छ ।
 
यो राम्रो र नयाँ प्रस्ताव भए पनि यसमा झमेलाहरु भने छन् । नेपाल टेलिकममा अहिले पनि करि १० प्रतिशत सर्वसाधारणको शेयर लगानी छ । सरकारले प्रतिकित्ता ६०० रुपैयाँ राखेर बढाबढमा टेलिकमको शेयर बिक्री गरेको थियो । अहिले बजारमा टेलिकमको शेयर प्रतिकित्ता १५०४ रुपैयाँ छ । वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वमा छ । निकै सानो अंश शेयरमात्र सर्वसाधारणको छ । तर, यी दुवै लगानीका दृष्टिले आकर्षक कम्पनी भने हुन् । 
 
हाल विदेशमा बस्ने हज्जारौँ नेपालीले शेयर र क्रिप्टोकरेन्सीमा लगानी गरेका छन् । विदेशमा बसेर अनलाइनमार्फत नेपालमा नियमित शेयर किनबेच गर्नेहरुको संख्या पनि उल्लेख्य छ । अमेरिका बस्ने हज्जारौँ नेपालीले यहीको शेयर बजारमा कारोबार गर्ने गरेको छन् यो रकम निकै ठूलो छ । 
 
यो अवस्थामा वाणिज्य बैंक र नेपाल टेलिकमको शेयर विदेशमा बस्ने नेपालीका लागि चासोको विषय हुन सक्छ । तर, यसमा झमेलाहरु छन् । पहिलो नेपालमा नियमित शेयर किनबेच गर्न सजिलो छैन । 
 
डिम्याट एकाउण्ट भए पनि कारोबार तत्काल फछ्यौट हुँदैन । खातामा पैसा आउन केही दिन लाग्छ । डिम्याट खाता खोल्न पनि सजिलो छैन । झन्झटहरु छन् । विदेशमा बस्ने नेपालीको पहिचान, डलरमा पैसा पठाउने व्यवस्थाजस्ता क्षेत्रमा पनि झमेलाहरु छन् । अमेरिकाका बस्ने नेपाली यहीको शेयर बजारमा रमाएका छन् । उनीहरुको वित्तीय साक्षरता स्तर निकै अगाडि छ । नेपालको शेयर बजार त्यस रुपमा परिपक्क भएको छैन । यसकारण पनि विदेशमा लगानी गर्नेलाई आकर्षित गर्न सजिलो छैन ।