मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सबै परिवर्तनमा सञ्चार क्षेत्रको योगदान महत्त्वपूर्ण छ : सञ्चारमन्त्री कार्की

सबै परिवर्तनमा सञ्चार क्षेत्रको योगदान महत्त्वपूर्ण छ : सञ्चारमन्त्री कार्की


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका हरेक राजनीतिक परिवर्तनमा नेपाली सञ्चार क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । 
 
नेपाल प्रेस युनियनले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र सञ्चारिका समूहका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन मंगलबार आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् । 
 
उनले भने, “अबको गन्तव्य राष्ट्रिय र सामाजिक एकतालाई सुदृढ गर्दै समृद्धि हासिल गर्नु रहेकाले यसमा सबैको साथ र समर्थन आवश्यक छ ।” सरकार सदैव प्रेस स्वतन्तत्राको पक्षमा रहेको र सञ्चार क्षेत्रलाई समृद्ध बनाउन सञ्चारकर्मीको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कार्कीले त्यसका लागि सरकार सञ्चार क्षेत्रसँग निरन्तर सहकार्य गरेर अघि बढ्ने बताए ।    
 
उनले अबको १० वर्षभित्रमा समृद्ध नेपाल र धनी नेपाली बनाउने आकांक्षाका साथ सरकार अघि बढेको उल्लेख गर्दै यस अभियानमा सबै क्षेत्रको योगदान अपरिहार्य हुने औँल्याए । नेपालको संविधानले परिकल्पना गरेको विकास, समृद्धि सामाजिक एकता हासिल गर्न सबै एक भएर लाग्नुपर्ने उनको भनाइ थियो ।  
 
प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले यसअघिको सरकाले प्रेस स्वतन्त्रता सङ्कूचन हुनेगरी अघि बढाएका विधेयकहरु फिर्ता लिन आग्रह गरे । नेपाल टेलिभिजनका अध्यक्ष समिरजङ्ग शाहले सञ्चार क्षेत्रलाई समृद्ध बनाउन सरकार र मिडियाकर्मीको संयुक्त सहकार्य र योगदान हुनुपर्ने बताए । 
 
कार्यक्रममा फोनिजका अध्यक्ष गजुरधन राई, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारी, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, प्रेस युनियनका कावा महासचिव भीष्मराज ओझा, युनियनका कोषाध्यक्ष सरोज अघिकारीलगायतले सञ्चार क्षेत्रको चुनौतीबारेमा आफ्ना धारणा व्यक्त गरेका थिए । रासस