मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ह्युस्टनमा एनएएच कप सकर प्रतियोगिता हुँदै

ह्युस्टनमा एनएएच कप सकर प्रतियोगिता हुँदै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन( टेक्सस)- नेप्लिज एशोसिएसन अफ ह्युस्टन (एनएएच) को आयोजनामा ह्युस्टनका नेपालीहरुको फुटबल (सकर) क्लबहरुबीच एनएएच कप सकर प्रतियोगिता आगामी शनिवार , अप्रिल ९ र १६ का दिन पशुपति मन्दिरस्थित सकर मैदानमा हुन लागेको जानकारी आयोजक एनएएचका अध्यक्ष डा. विष्णु नेपालले हिमालय खबरलाई बताएका छन्। स्थानीय आठ वटा फुटबल क्लबहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका पहिलो चरणका खेलहरु आगामी शनिवार, अप्रिल ९ मा हुनेछन् भने सेमिफाइनल र फाइनल भने अप्रिल १६ मा हुनेछ।
 
फाइनल हुने दिन एनएएचले ह्युस्टनका नेपालीहरुको बृहत पिकनिक र एनएएचको वार्षिक साधारण सभा समेत आयोजना गरेको छ। नेपाली नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आयोजित फुटबल प्रतियोगिता, पिकनिक, लाइभ म्यूजिक कार्यक्रम सहित नेपाल डे पनि मनाउन लागिएको डा. नेपालले जानकारी गराएका छन्।
 
खेलकुदको मज्जासंगै नेपाली परिकारहरु पाक्ने सामुहिक वनभोज (पिकनिक) र एनएएचको साधारण सभा कार्यक्रममा ह्युस्टनवासी नेपालीहरुलाई उत्साहपूर्वक सहभागि हुन पनि एनएएचले हार्दिक अपील गरेको छ।