मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुशासनको यात्रालाई अघि बढाउँछौँ : अध्यक्ष ओली

सुशासनको यात्रालाई अघि बढाउँछौँ : अध्यक्ष ओली


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशको सार्वभौमसत्ता, स्वाधीनता, संविधानको कार्यान्वयनसँगै विकास र सुशासनको यात्रालाई अघि बढाउने लक्ष्य लिएकाले यसका पक्षमा देशव्यापी लहर देखिएको बताएका छन् । 
 
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू बिहीबार मात्रै कर्णालीको जुम्ला र कालिकोटमा पुग्दा विशालसभा र असाधारण उत्साह देखिएको जनाउँदै ‘समृद्धि नेपाल, सुखी नेपाली’ को यात्रा लेखक साहित्यकारहरू सक्रिय हुनुपर्नेमा जोड दिए । उनले कुनै पद पाउनका लागि दौडनेभन्दा पनि सामूहिक भाव र समझदारीका साथ देश बनाउने बाटोमा लाग्न पनि आग्रह गरे । 
 
पूर्वप्रधानमन्त्री ओलीले शैव दर्शन, योग दर्शन र बुद्ध दर्शनका साथै विविध सभ्यताको उद्गमस्थल नेपाल नै भए पनि गरिबी र पछ्यौटेपनका कारण त्यसलाई अगाडि बढाउन नसकिएकामा मुलुकमा विकास र समृद्धिको यात्रा आरम्भ भएसँगै अब इतिहास, संस्कृति र सभ्यताको संरक्षणको यात्रा आरम्भ हुने बताए । 
 
एमालेको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले एमालेको समृद्धिको यात्रामा सारथि बन्न स्रष्टालाई आग्रह गरे । महासंघका अध्यक्ष खगेन्द्र राईले महासंघसहित मातहतका सात घटकका पनि अधिवेशन भई नयाँ नेतृत्व चयन हुने जानकारी दिए । रासस