मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

२०७९ सालको तीज, दशैं र तिहार नेपालमा भन्दा अमेरिकामा पहिले

२०७९ सालको तीज, दशैं र तिहार नेपालमा भन्दा अमेरिकामा पहिले

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – नेपाल र अमेरिकामा तिथिमा हुने घटबढका बारेमा पुनः एक पटक छलफल भएको छ । 
 
आइतबार टेक्ससको ड्यालसमा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्ष डा. माधबप्रसाद भट्टराईको उपस्थितीमा छलफल भएको हो । विगत केही वर्ष यता अमेरिका र नेपालमा तिथिमा भैरहेको घटबढ र त्यसले चाडपर्वहरुमा पारेको फरकका बारेमा स्थानीय समुदायमा निकै ठूलो चासो र चिन्ता छ । 
 
अर्भिङ्गस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना गरिएको कार्यक्रममा प्रा. भट्टराईले नेपाल, अमेरिका या अष्ट्रेलिया जहाँ पनि तिथि भन्ने चिज एकै पटक सुरु हुने र तिथि सुरु हुने समय कतै दिन त कतै रात भैरहेको हुने गरको बताए । ‘विगतमा विदेशमा नेपालीहरुको संख्या ज्यादै सानो थियो । नेपालमै तिथि सुरु भएको समयलाई हिसाब गरेर विदेशमा तिथि र चाडपर्व मनाउने गरिन्थ्यो । तर पछिल्ला केही समयदेखि ज्योतिषी विज्ञानले गणना गर्दा फरक परेको पाइयो’ उनले भने । 
 
विगतमा गल्ती भएको रहेछ । त्यसलाई सुधारेर अघि बढ्ने क्रम सुरु भएको र सुधारका क्रममा विवाद, छलफल अन्तरकृया स्वभाविक भएको समेत भट्टराईले उल्लेख गरे । अलि खरो जवाफ दिदै उनले भने–‘यदी नेपालमा माता पिताले पर्व नमानि यता कसरी मान्ने भन्ने धारणा राख्ने हो भने कित आफै उता गएर मनाउनुस् । कि माता पितालाई यतै ल्याएर सँगै मनाउनुस् । तिथि अनुसार मनाउने हो भने त्यही तिथिमा मनाउनुर्छ ।’ 
आफुलाई मन लागेको वा सप्ताहन्तमा श्राद्ध गर्ने, सप्ताहन्तमा मात्र मुहुर्त खोज्ने प्रवृत्ति ठीक नभएको समेत उनले उल्लेख गरे । ‘तपाईहरु अमेरिकामा हुनुहुन्छ । नेपालको गौरीशंकर हिमालको देशान्तरलाई आधारमा मानेर तयार पारिएको समय, तिथिको पात्रोलाई यहाँ पश्चिमी गोलाद्र्धको देशान्तरमा पर्ने अमेरिकामा ल्याएर प्रयोग गर्न मिल्दैन’ उनले भने । यहाँको लागि यहीको देशान्तर र अक्षांसलाई आधारमा बनाएर तिथिको पात्रो तयार पारेर प्रयोगमा ल्याउनुपर्ने पनि उनले बताए ।
 
पछिल्ला समयमा अमेरिका र नेपालमा चाडपर्वमा हुने गरेको फरकका बारमा किन र कसो भनेर चासो, चिन्ता र विवाद भएपछि डा. भट्टराईसँग अन्तरकृया राखिएको हो । अमेरिकामा रहेका सबै नेपाली मन्दिरहरु, भारतीय मन्दिरहरुसँग छलफल गरेर यसको विवाद हल गरेर एकरुपता कायम गर्ने विषयमा छलफल गर्ने विषयमा सहमति पनि भएको छ ।
 
कार्यक्रममा मन्दिरका पुजारी मेघराज निरौला, मुल पुरोहित डा. शेखर पण्डितले अमेरिकामा तिथि अनुसार नभै सुविधा अनुसार पर्व मनाउने चलन बढ्दै गएको उल्लेख गरे । अमेरिका र नेपालमा तिथि एकै पटक सुरु हुने कारणले कसरी अन्तर हुने गरेको छ भन्ने विषयमा पनि दुबै जनाले प्रष्ट्याएका थिए ।
 
कार्यक्रममा मन्दिरका पदाधिकारीहरु, स्थानीय समुदायले चासो राखेका थिए । आउँदै गरेको विक्रम सम्वत् २०७९ सालको पात्रोमा पनि तीज, दशैं र तिहारको भाईटीका नेपालमा भन्दा अमेरिकामा पहिले परेको विषयमा पनि जानकारी दिइएको थियो ।