मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ब्लड डोनर्स टेक्ससको नेतृत्वमा बगाले

ब्लड डोनर्स टेक्ससको नेतृत्वमा बगाले

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – ब्लड डोनर्स अफ अमेरिका (बिडिए) टेक्सस राज्य समितिमा अजय बगालेको नेतृत्वका नयाँ कार्यसमिति चयन भएको छ ।
 
शनिबार ड्यालसको अर्भिङमा भएको दोस्रो साधारण सभाले बगालेलाई संयोजकमा चयन गरेको छ । बगालेको नेतृत्वको कार्यसमितिको शनिबारनै पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय करिलिफ रेष्टुँरामा आयोजित विशेष कार्यक्रमबीच निवर्तमान संयोजक शिव काफ्लेले बगाले नेतृत्वको नयाँ कार्यसममितिलाई पद हस्तान्तरण गरेका हुन् ।
 
राज्य समितिको नेतृत्वमा सन्तोष कार्की सहसंयोजक छनौट भएका छन् भने महासचिव, कोषाध्यक्ष, आइटी संयोजक र मिडिया संयोजकमा क्रमशः विकास भण्डारी, रमेश तिमिल्सिना, टंक काफ्ले र किशन रेग्मी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा दीपक खरेल, युधिष्ठिर नेपाल, श्रीकृष्ण गौतम, कृष्ण जिसी, देवेन्द्र शर्मा, द्रोण गौतम, भुबन आले, सुशील न्यौपाने, प्रज्वल पोखरेल, कृष्ण भण्डारी, इन्दिरा अर्याल, धर्म घिमिरे, युवराज विश्वकर्मा, विनोद ढकाल, भरत सोनार र डा. ओम थापा रहेका छन् । 
 
शनिबारको कार्यक्रममा सबैभन्दा बढी रक्तदान गर्नेहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । बिडिए अमेरिकामा रहेका नेपाली रक्तदाताहरुको संस्था हो ।
 
कार्यक्रममा टेक्सस राज्य समितिले सन् २०१७ देखि २०२२ को हालसम्म एकहजार तीनसय ६६ पिन्ट रक्त संकलन गरेको जानकारी समेत दिइएको थियो । एक पिन्ट रगतले तीनजनाको ज्यान बचाउन सकिने भएकोले नियमित रक्तदान कार्यक्रमको आयोजना र सचेतनामुलक कार्यक्रम बिडिएले सञ्चालन गर्दै आएको छ ।
त्यस अवसरमा एनआरएन टेक्सस च्याप्टर अध्यक्ष सोफिन थापा, नेपाली मन्दिरका अध्यक्ष सुरेशचन्द्र पोखरेल, लायन्स क्लबका अध्यक्ष केदार तिमिल्सिना, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, लबक नेपाली सोसाइटीका अध्यक्ष डा. प्रकाश श्रेष्ठ, समाजसेवी यमुना भट्टराई, अजय सत्याल, डा. नन्द रेग्मी, शिव काफ्ले, गंगा थापा लगायतका वक्ताहरुले रक्तदानको महत्वका विषयमा चर्चा गरेका थिए । 
 
ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा मात्र ६ सय जना नियमित रक्तदाताहरु रहेको त्यस अवसरमा जानकारी दिइएको थियो । यसैबीच बिडिएले अाइतबार गरेको रक्तदानमा १६ जना दाताहरूले रक्तदान गरेका छन् ।