मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरे : नेटो प्रमुख

पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरे : नेटो प्रमुख


ब्रसेल्स । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्ती गरेको आरोप लगाएका छन् । ‘राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रविरुद्ध युद्ध सुरु गर्नु हो’, उनले भने । 
 
‘उनले युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरुको सशस्त्र बलको बहादुरीलाई कम मूल्याङ्कन गरेका छन्’, ”स्टोल्टेनबर्गले ब्रसेल्समा शिखर सम्मेलन सुरु हुनुअघि भनेका छन् । 
 
स्टोल्टेनबर्गले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका नेताहरूले पूर्वी सदस्यहरू रोमानिया, हंगेरी, स्लोभाकिया र बुल्गेरियामा नयाँ तैनाथीलाई सहमति दिएर लामो अवधिमा हाम्रो प्रतिरोध र रक्षाको पुनः स्थापनाको आवश्यकतालाई सम्बोधन गरिने छ । 
 
नेटोले युरोपमा थप सैनिक पठाउने 
 
उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) ले पूर्वी युरोपमा थप सैन्य पठाउने जानकारी गराएको छ । नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवतः नेटो आवद्ध राष्ट्रहरुले यसलाई सहमति प्रदान गर्ने बताए । 
 
नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा उनले सो धारणा राखेका हुन् । उनले हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई पनि मध्यनजर राख्दै पूर्वी युक्रेनमा थप सैनिकको आवश्यकता रहेको आफ्नो विचार व्यक्त गरे ।    
 
उनले सो पत्रकार सम्मेलनमा भने– ‘मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध राष्ट्रहरुले यसलाई समर्थन गर्नेछन् ।’ एजेन्सी