मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता, सैन्य सहयोग गर्न आग्रह

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता, सैन्य सहयोग गर्न आग्रह


कि । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ । उनले आफूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गरेको बुधबार युक्रेनी मिडियालाई जानकारी दिएका छन् । 
 
उनले बुधबार भनेका छन्– हामीले बेलायतका प्रधानमन्त्रीसँग कुराकानी गरेका छौँ र यतिखेर युक्रेनमाथि भएको रुसी हमलाका विरुद्धमा आवश्यक सहयोगका बारेमा हामीले छलफल गरेका छौँ । 
 
युक्रेनका राष्ट्रपति जेलिन्स्किीले आफूले बिहीबार हुन लागेको ग्रुप अफ ७ को बैठक अगाडि नै बेलायतले युक्रेनलाई केही सहयोग गर्ने विषयमा बेलायती प्रधानमन्त्री जोनसनले जानकारी गराएको बताए । 
 
यसअघि नै बेलायतका प्रधानमन्त्री जोनसनले पनि युक्रेनलाई आवश्यक सहयोग उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गरेका थिए । उनले ट्वीट गरेर युक्रेनलाई बचाउनका लागि विश्व समुदायले उसलाई सैन्य सहयोग उपलब्ध गराउनु आवश्यक रहेको पनि प्रधानमन्त्री जोनसनले विश्व समुदायलाई आग्रह गरेका थिए । सिन्ह्वा