मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

आधाबाटोमा जे जे भेटियो

आधाबाटोमा जे जे भेटियो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गत महिना ह्युस्टन जाँदा मलाई किंचित पनि लागेको थिएन कि यसपालीको भ्रमणले मेरो साहित्यप्रतिको रूझान र गहिराइमा अझ गोता लगाऊने प्रेरणा मिल्ने छ । मित्र तारा बरालजीसंग भेट भएको बेला नेपाली साहित्यको सामान्य छलफल र प्रसंड्गले मेरो भविष्यको लेखनमार्ग प्रसस्त हुंदैछ भन्ने मैले सोचेको पनि थिईन । 
 
म अमेरिका आएको लगभग बीसवर्ष भयो । जीवनका अधिकांश तितोपनवाट एकप्रकारको विरक्तिएरै भन्नु पर्दछ म पाताल पसेको थिऐं । तर यहाँ आएपछि म मख्ख परेर भौतिकताको न्यानो सिरक ओढेर मजाले निदाएछु । हो, त्यही सिरक यसपाली ताराजीले अनजानमै हटाइ दिंदा म गहिरो निद्राबाट झल्यास्स विऊंझेको अनुभव भयो । जीवनमा सवैका आफ-आफ्नै भोगाईको अनुभव हुन्छ । मेरो पनि छ । कुरै कुरामा कृष्ण धरावासीको आधाबाटो पढने सल्लाह पाऐं। वोस्टन फर्केर पहिलो काम धरावासीलाई फोन गरेर उहाँको आधाबाटो झिकाएर वढो तन्मयतासाथ तीनदिन भित्र पढी सिध्याऐं । उक्त पुस्तकको समग्र समीक्षा गर्ने हो भने त्यो पुस्तक जत्ति नै मोटो हुन सक्छ । प्रत्येक पात्रहरू बारे केलाएर लेख्न मेरो वुताले भ्याऊंदैन। तर पनि मनमा च्वास्स छुने मानवताको कसीमा यस्सो घोटेर केही पात्रलाई प्रसंड्गमा जोडन चाहन्छु । 
 
मानवताको कुरै गर्ने हो र परेको बेला मान्छे हुनुको औचित्य प्रमाणित गर्ने कुमार बुढाथोकीको प्रसंड्ग उठछ, अझै मान्छेमा हुनुपर्ने दैवियगुण भएका मान्छे पनि रहेछन् भन्ने लाग्छ। म त संज्ञाशुन्य छ मानवजाति भनेर एकप्रकारको धारणा वनाएर बाँचेको  थिऐं यहाँनिर धरावासीले बुढाथोकीको पृष्ठभूमि र उदारताको जल्दोवल्दो अगुल्टोले मलाई घोचे ।म झल्यास्स भऐं,मैले हरेस खाएको मानवता अझै अलिकति भए पनि जीवित रहेछ है भन्नेमा परें । दाइले सम्वोधन गरिएका लेखनाथजी प्रतिको धरावासीको अगाध श्रद्धा र विश्वासले आफ्नो हुन आन्द्रै जोडिएर एउटै गर्भवाट जन्मिनु पर्ने पनि रहेनछ भन्ने कुरो देखायो । 
 
चरित्र र व्यवहारमा चुकेको पात्रहरूको कुरालाइ मैले देखेको न देखै गरिदिऐं । पर पिडकहरूको ठूलो भिंडलाइ मैले पनि सामना नगरि यहाँसम्म पुगेको छुंइन । मैले तिन्लाइ छोईन् । आता काली थिई,तर नारी शुलभ मानवताले सरोवर थिई,सज्जन थिई धोखा पाई,मेरो मन कटक्क काटियो । विचरा सतार्नी । 
 
कस्तो निरपराध चेलीलाइ विधिले अनाहकमा कस्तो सास्ती दिएको देखेर मेरो मन पनि रोयो ! मिश्रवाजेको सौंजन्यता ,कार्कि वुढाको दैहिक कुन्ठा,बजैको अपुरो दैहिक आसक्ति, सरोज ओलीको अहमपना ! संजीव उप्रेतीको सम्भ्रान्त सज्जनता ! डाक्टर बाको अपूर्व संरक्षण ! परेकोवेला हात समाएर अलि परसम्म भए पनि डोऱ्याउने अग्रज तारा बराल ! वौद्धिक खुराकले टनाटन पार्ने अदभूत राजकिशोर मंण्डलको चरित्रले त म ज्यादै प्रभावित भऐं ।
 
हाम्रो छेऊ छांऊमा यस्ता चरित्रहरू झल्याक्क झुलुक उदाउंछन्, पहिचान गर्नेहरू नै पछि गएर धरावासी हुन्छन् ! आधावाटोमा थुप्रै चरित्रहरू मीलका पत्थर जस्तै झट्ट आउंदै विलाउंदै गएका छन् । तिनीहरू हराएका होइनन् । समयक्रममा पाइला अगाडि बढेपछि पछाडि छुटेका हुन् । मान्छेको लास अगाडि ऋणको प्रसंड्ग उठाऊने चरित्र ! माईतीको भर परेर शरण पर्ने चेलीको रोदन । शारिरिकरूपमा असक्त हुँदा छोराको पनि सम्पन्न घरमै हुनसक्ने यदाकदाको अपमान् ! कुनै साहूको छिंडीमा चढदों जवानीमा पनि घोर गरिवीको विच पूर्ण यौवनको प्राकृतिक विकास भएकी अवला माथि यौन पिपासुहरूको परेको घिनलाग्दो नजर ! सुद्धिहराएको अवालालाई पेट वोकाएर मस्त निदाउने एउटा राक्षसी प्रवृति बोकेर बसेको वर्ग । सबै भेटिएका छन् आधाबाटोमा ! 
 
सवैभन्दा मन छुने वर्णन आमाको छ । आमाको त्याग,अठोट,परिश्रम र कुन्ठालाई एउटा छोराले आफ्नो कर्तव्यको साड्गलोले वडो जतनसाथ बाँधेको  देखियो । नाम थर गोत्र ईत्यादि माथि विश्वास नहुनुको प्रसस्त कारणहरू छन् कृष्ण प्रसाद भट्टराईको जीवन यात्रामा । औचित्यहीन थर गोत्रलाई मिल्काएर जीवन यात्रामा नथाक्ने पथिक धरावासी भएर उदाएको छ ! मैले अध्योपान्त आधाबाटो  पढेर जीवनको आरोह अवरोहको सजिव वर्णनलाई सानो पारेर यहाँ पस्कें ! सवैले एकचोटी हिंडनै पर्ने पुस्तक रहेछ “आधाबाटो” ।
राजमित्र प्रांगण 
माल्डेन,बोस्टन , अमेरिका