मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वका पाँच प्रभावशाली देशले गरे रुसलाई दबाब बढाउने निर्णय

विश्वका पाँच प्रभावशाली देशले गरे रुसलाई दबाब बढाउने निर्णय


न्डन । अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले युक्रेन माथिको आक्रमण रोक्न रुसलाई दबाब दिने भएका छन् । बेलायती सरकारद्वारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दबाब बढाउने निर्णय गरेका हुन् ।
 
युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ । बैठकमा सहभागी नेताहरुले युक्रेन संकटप्रति चिन्ता व्यक्त गर्दै रुसविरुद्ध अब चर्को दबाब दिनुपर्ने निष्कर्ष निकालेको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।   
 
उनीहरुले आआफ्नो देशको तर्फबाट कूटनीतिक पहल पनि गर्ने र संयुक्त प्रयास पनि गर्ने सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ । रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेपछि समस्या समाधानका लागि पटक पटक वार्ता भए पनि ठोस उपलब्धि हुन सकेको छैन । 
 
त्यसैगरी विश्वका अधिकांश देशले युक्रेनमाथि रुसले अन्याय गरेको भन्दै आक्रमण नगर्न रुसलाई आग्रह गर्दै आएका थिए । तर, पनि आक्रमण अहिलेसम्म जारी नै छ । एएनआई