मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए चुनाव संकट, सहमतिमा अप्ठ्यारो

एनआरएनए चुनाव संकट, सहमतिमा अप्ठ्यारो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ- गैर आवसीय नेपाली संघ (एनआरएनए) नेतृत्व विवाद सहमति नजिक रहेपनि केही अप्ठ्यारोमा अल्झिएको छ । 
 
संस्थापन पक्ष र अर्को समुह विच दुई जना अध्यक्ष र अन्य पदपनि थप गरेर वांडफांड गर्ने गरी सहमति भएको वताईएको थियो । तर, एनआरएनएका प्रमुख संरक्षक शेष घलेले आज मंगलवारवाट शुरु गर्ने भनिएको सम्मेलन भने नरोक्ने अडान राखेका छन् । सम्मेलन तामझामका साथ शुरु भएको छ । 

आफु सहमतिको बाधक नभएको तर, सहमतिको भएको कुरा यसै महाधिवेशन भित्र आएर अनुमोदन गर्नु पर्ने  धारणा घले पक्षले राखेका छन् । 
 
प्रमुख संंरक्षकलाई यो अधिकार दिईएको र कयौं एनआरएनए प्रतिनिधि काठमाडौ आईसकेकाले आजवाट डाकिएको एनआरएनए सम्मेलन वैधानिक भएको दावी गरिएको छ । 
 
काठमाडौ आएका एनआरएनए एनसीसीका अध्यक्ष तथा पदाधिकारीले यो अप्ठ्यारो सल्टाउने प्रयास गरिरहेका छन् । हामी एनसीसी अध्यक्ष विच कुराकानी हुदैं छ, अध्यक्ष कुमार पन्त र प्रमुख संंरक्षक घलेलाई एकै ठाउंमा राखेर वार्ता गर्ने प्रयासमा हामी छौं एक जना एनसीसी अध्यक्षले हिमालय खवरसंग भने प्रमुख संरक्षकले यही महाधिवेशनलाई औपचारिकता दिई सहमतिलाई औपचारिकता दिन आग्रह गर्नु भएको छ । 
 
एनआरएनए चुनाव र सम्मेलनका वारेमा कार्यसमितिनै विभाजित छ ।