मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोलोराडोमा होली सम्पन्न

कोलोराडोमा होली सम्पन्न

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडो निवासी नेपालीहरुले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन् ।
 
नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा कोलोराडोको ब्राईटन स्थित सनातन हिन्दु मन्दिरमा आयोजित कार्यक्रममा कोलोराडोमा कृयासिल संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसाही, कलाकार, पत्रकार तथा सर्वसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रमको सुरुमा नेपाली घरका अध्यक्ष जगदिश ढकालले कार्यक्रम आयोजना गर्नुको उद्धेश्य प्रकास पारेका थिए । उनले नेपाली धर्म संस्कृती जोगाई राख्न नेपाली सामुदायिक भवन निर्माण अभियान जोडीन अनुरोध गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
 त्यसपछि मंन्दिरको प्राङ्गणमा जम्मा भएका सबै नेपाली दाजुभाई, दिदी बहिनीहरु हातमा बिभिन्न किसिमका रंग लिएर आ–आफ्ना दौतरिहरुलाई लगाउन सुरुगरेका थिए । यसरी होली खेलीरहेको देख्दा विश्वको जुनसुकै कुनामा भएपनी नेपालीहरु आफ्नो संस्कृती र चाडपर्ब को जगेर्ना गर्न कम्बर कसेर लाग्छन् भन्ने प्रष्ट हुन्थ्यो ।
 
नेपालमा फाल्गुण शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा आजापुजा गरेपछि बिधीबत् रुपमा होलीसुरु भएको मानिन्छ । नेपालको पाहाडी क्षेत्रमा फागु पुर्णिमाको दिन र मधेसमा त्यसको भोलीपल्ट होली खेल्ने चलन रहेको छ । होली नेपाल संगै भारत, पाकिस्थान, जापान, थाईल्याण्ड, अष्ट्रेलिया, ईङल्याण्ड, अमेरिका लगाएतका देशहरुमा भब्यताका साथ मनाईन्छ । तर परदेशमा होलीकै दिन बिदा नपर्ने हुनाले होली अगाडी वा पछाडीको सनीबार आईतबार पारेर मनाउने चलन छ ।  
दैत्यराज हिरण्यकश्यपुले बिष्णु भक्त आफ्ना पुत्र प्रलादलाई मार्ने उद्धेश्यले ब्रम्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलीकालाई प्रहदका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रलादलाई केही नभएकले त्यही समय देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दु सास्त्रमा उल्लेख गरिएको छ ।
 
त्यसैगरी द्धापर यूगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्धारा पठाईएकी राक्षसनी पुतनाले आफ्नो स्तनमा बिष लगाएर कृष्णलाई दुध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा बज्रबासीले फागु मनाउन थालेको जनश्रुती छ ।  
 
यि र यस्ता हिन्दु संस्कृती तथा परंपरा अगाल्दै आएको हाम्रो नेपाली चलन अनुसार असत्यमाथी सत्यको विजय स्वरुप भएको खुसियालीमा यो पर्व मनाईने चलन रहेको छ । आज संम्पन्न भएको फागु कार्यक्रममा उपस्थित सबै बालक हुन वा बृद्ध, यूवा यूवती सबै आफ्ना दौतरीका साथ रंग लगाएर खुशी साट्न व्यस्थ देखिन्थे ।
कार्यक्रममा नेपाली घरका संस्थाका संस्थापक सदस्य तथा बर्तमान सल्लहकार रमेश गुरुङको सहयोगमा तयार पारिएको नेपाली घरको लोगो अंकित सेतो टिसर्ट बितरण गरिएको थियो । त्यसैगरी लक्ष्मी फुडका कृष्ण काफ्लेबाट रंग लगायतका अन्य सामग्री सहयोग प्राप्त भएको थियो । अपरान्ह १२ बजे देखी सुरु भएको कार्यक्रम दिउसो ३ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई मंन्दिर ब्याबस्थान समितीले खाना तथा प्रसाद उपलब्ध गराएको थियो । कार्यक्रम संम्पन्न गर्न संकलिन रकम मध्येबाट खर्च कटाएर बांकी रहेको ५ सय ९० डलर नेपाली घरको खातामा जम्मा गरिने नेपाली घरका ईभेन्ट अफिसर आशिस कटुवालले बताएका छन् ।
कोलोराडोमा नेपाली घरको आयोजनामा हरेक बर्ष फागु पुर्णिमाको अवसरमा होली, तिहारमा देउसी लगायत बिभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिदै आएको छ । नेपाली घर अहिले प्रवासमा नेपाल र नेपालीहरुको भाषा संस्कृती पहिचाहन तथा संरक्षणका लागी नेपाली सामुदायिक भवन निर्माणको महा अभियान अहोरात्र खटिरहेको छ ।