मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाको अर्थतन्त्र, सेयर बजार र घरजग्गाको मूल्य

अमेरिकाको अर्थतन्त्र, सेयर बजार र घरजग्गाको मूल्य

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाको बजार अध्ययन गरिरहेका ओजेश उप्रेती भन्छन्, ‘अमेरिका सरकारले कोभिड–१९ का बेला बाँडेको पैसा, रुस–युक्रेन युद्ध र फेडरल रिजर्भद्वारा गत साता वृद्धि गरिएको ब्याजको असर आउने दिनमा देखिनेछ । त्यसैले यो सेयर होल्ड गर्ने, अलि गम्भिर भएर लगानी गर्ने समय हो ।’
 
अमेरिकामा उपभोग्य वस्तुको मूल्यवृद्धि दर ४० वर्षयताकै उच्च छ । फेब्रुअरी महिनाको मूल्यवृद्धिको तथ्यांक मार्च पहिलो साता आएको थियो । जसअनुसार उपभोग्य वस्तुको मूल्यवृद्धि ७ दशमलव ९ प्रतिशत छ । पछिल्ला तथ्यांकले मार्च महिनामा मूल्यवृद्धि दर अझ बढ्ने संकेत देखिएको छ । उप्रेतीको पछिल्लो अनुमानअनुसार आगामि उपभोग्य वस्तुको मूल्यवृद्धि दर ८ प्रतिशत नाघ्ने देखिएको छ । अमेरिकाको ब्यालेन्स सिट घाटामा देखिन्छ, यसले पनि मूल्यवृद्धि दर अरु बढ्ने देखिएको छ ।
 
रुस–युक्रेन संकटले गहुँको मूल्य अकासिएको छ । गहुँको मूल्य १४ वर्षयताकै उच्च भएको छ । एकै दिन १८ प्रतिशतसम्म बढेको छ । रुस–युक्रेन युद्धले आपूर्ति व्यवस्थामा आएको अवरोध अरु बढ्ने देखिएको छ । कोभिड–१९ ले सप्लाई चेन बिग्रिएको थियो, अहिलेसम्म सुधार भएको छैन ।

 
मूल्यवृद्धिले आमअमेरिकी नागरिकको बचतलाई हतोत्साहन गर्छ भने बचतकर्तालाई बेफाइदा हुन्छ । रुस–युक्रेन संकटले अमेरिकी डलर मजबुत भएको छ । तर, उच्च मूल्यवृद्धिका कारण उपभोक्तालाई यसले फाइदा दिँदैन । डलर मजबुत हुँदा अमेरिकी समान अरु महँगो हुन्छ । जसले गर्दा अमेरिकाबाट हुने निर्यात प्रभावित हुनेछ ।
 
अहिलेको अवस्थामा अब के हुन्छ भनेर सेयर लगानीकर्तामा त्रास छ । सुन, प्लाटेनियम, युरोनियमजस्ता वस्तुको मूल्य बढेको छ । यस्ता कम्पनीको सेयर भने बढ्न सक्छ ।
 
अमेरिकी उपभोक्तालाई सबैभन्दा सताएको विषय तेल अर्थात् ग्याँसको मूल्यवृद्धिले हो । सोमबार तेलको मूल्य ७ प्रतिशतले बढेको छ । उप्रेतीका अनुसार यसले गर्दा ग्याँस पम्पमा देखिने तेलको मूल्य अझ माथि जानेछ । युरोपियन युनियनले रुससँगको ब्यापारमा थप प्रतिबन्ध लगाएकाले सोमबार तेलको मूल्य माथि गएको हो ।
 
फेड ब्याजदर वृद्धिको असर
 
अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले गतसाता शून्य दशमलव २५ प्रतिशतले ब्याजदर बढाएको छ । कोभिड–१९ यता अमेरिकी उपभोक्ताले शून्य ब्याजदरको फाइदा लिएका थिए । अब यो सुविधा सकिएको छ । फेड रिजर्भले ७ पटकसम्म ब्याजदर बढाउने योजना सुनाएको छ ।

 
‘कोभिड–१९ का बेला सहुलियतका नाममा बढी पैसा बजारमा गएको थियो,’ उप्रेती भन्छन्, ‘फेडले यो खिच्न खोजेको छ, बैंकिङ क्षेत्रले यसको कसरी रियाक्ट गर्छ हेर्न बाँकी छ । यो अहिले देखिएको छैन । यसले गर्दा घरजग्गाको मूल्य के हुन्छ भन्नेमा अन्योलता छ ।’
 
यस्ता घटनाक्रमले मार्केटको कन्फिडेन्स बिगार्छ । मार्केटमा त्रास बढेको छ । यस्तो बेला सेयर किन्ने कम हुन्छन् भने बिक्री गर्ने बढी । सेयर बजारमा लगानीकर्ता अन्योलमा हुँदा कन्फिडेन्स बिग्रन्छ ।
 
क्रिप्टोकरेन्सीमा के हुन्छ ?
 
रुसको आर्थिक क्षेत्रलाई नोक्सान पार्न विभिन्न खालका आर्थिक नाकाबन्दी लगाइएको छ । आर्थिक नाकाबन्दी लगाउँदा क्रिप्टोकरेन्सी प्रयोग हुन सक्छ । जसको कारण क्रिप्टोकरेन्सीले सकारात्मक ‘मुभ’ देखाएको छ । बिटक्वाइन बढेको छ ।
ओजेश भन्छन्, ‘अहिलेको अवस्थामा चाइनिज कम्पनी बबाल उड्छ जस्तो छ ।’ चीन सरकारले आफ्ना कम्पनीको स्टकलाई सहयोग गर्ने सार्वजनिक गरेको छ । यस्तै चीनले आर्थिक वृद्धिलाई बढावा दिने बताएको छ । यो अवस्थामा चिनियाँ कम्पनीको सेयर अझ बढ्न सक्छ ।
आउने महिनादेखि कम्पनीहरूको चौमासिक नाफा नोक्सानको डाटा आउँछ । यो पनि बजारमा असर पर्ने पक्ष हो ।
कोभिड र संकट सकियो भने बजार सकारात्मक हुने सम्भावना छ । मार्केटले फेडको ब्याजदरलाई स्विकार्दै छन् । यी सकारात्मक पक्ष हुन् । तर, अहिलेको यूएस मार्केटमा उच्च उतारचढाव देखिन्छ अस्थिरता बढी देखिन्छ । त्यसैले कुनै पनि घटनाक्रमले बजारलाई असर पार्न सक्छ । सोमबार चीनमा बोइङ कम्पनीले बनाएको जहाज दुर्घटनामा प¥यो । बजार खुल्दा बोइङ कम्पनीको सेयर ६ प्रतिशतसम्म तल झ¥यो । बजारमा आउने घटनाक्रमले छिटो प्रभावित गर्न सक्छ भन्ने यो एक उदाहरण हो ।