मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालमा ओम बड्स कमिटी गठन

रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालमा ओम बड्स कमिटी गठन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)-कोलोराडोमा सकृय नेपालीहरुको जेठो संस्था रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको हालै सम्पन्न कार्यसमितीको बैठकले ३ सदस्सिय ओम बड्स कमीटी गठन गरेको छ ।
 
 संस्थाको कार्यसमितीको बैठकबाट सर्बसम्मत चयन भएका ओम बड्स कमीटीका सदस्यहरुमा रोहीणीकुमार शर्मा, कृष्णमुरारी ढुङ्गेल, शुरेन्द्र श्रेष्ठ रहेका छन् । कार्य समितीले नियमित हुनुपर्ने निर्वाचन गराउन नसकेको अवस्थामा तथा कार्यसमितीका सदस्यहरु माथी अविश्वासको प्रस्ताव अगाडी बढाउनु पर्ने जस्ता विशेष परिस्थितीमा कमिटीलाई संस्थाको विधान अनुसार हस्तक्षेपकारी बिशेष अधिकार प्रदान गरिएको संस्थाका अध्यक्ष टिका पौडेलले बताएका छन् ।
 
त्यस्तैगरी बैठकले पदम बिश्वकर्मालाई सल्लाहकार समितीमा चयन गरेको छ । यस अघि ५ सदस्सिय रहेको सल्लाहकार समिती अव ६ सदस्सिय भएको छ । यसैगरी संस्थाका बोर्डअफ डिरेक्टर अर्जन बगालेलाई महासचिवको कार्यभार प्रदान गरिएको छ भने शुमन केशीलाई यूथ कोर्डिनेटरमा मनोनयन गरिएको छ । झण्डै एकबर्ष अघि संम्पन्न संस्थाको निर्वाचनमा महासचिव र यूथ कोर्डिनेटर पदमा कसैको उमेद्धारी परेको थिएन ।
 
संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृती संरक्षणका लागी दशैं, समर पिकनिक,नयां बर्ष लगायत बिभिन्न चाडपर्वहरुमा सांस्कृतीक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यस्तैगरी नेपाली समुदायको हकहितकोलागी स्थानिय सरकार संग सम्न्वय गर्ने, नेपाली समुदायका सदस्यहरुलाई सहयोग आवश्यक परेमा अन्य संघ संस्थाहरु संग समन्वय गरि सहयोग जुटाउने जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।