मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

शर्माको प्यारालिग सेवाले पुरा गर्यो दुई वर्ष

शर्माको प्यारालिग सेवाले पुरा गर्यो दुई वर्ष

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – टेक्ससको युलेसमा कार्यालय सञ्चालन गरेर कानुनी सेवा दिदै आएको ‘प्यारालिगल सर्भिसेज अफ टेरेन्ट काउन्टी’ ले दुई वर्ष पुरा गरेको छ ।
 
दुई वर्ष पुरा गरेका अवसरमा आइतबार आयोजित कार्यक्रममा कानुन व्यबसायी तथा कम्पनीकी प्रमुख सिर्जना शर्मा पोखरेलले बढ्दो नेपाली समुदायमा परि आउने बिभिन्न कानुनी समस्याको समाधानमा आफूले गरेका कार्यहरुका बारेमा चर्चा गर्नुका साथै आगामी दिनका योजनाका बारेमा उल्लेख गरिन् ।
 
त्यस अवसरमा दुई वर्षको अनुभव सुनाउँदै पोखरेलले कानुन व्यबसायी भन्नासाथ शुल्क चार्ज गरिहाल्ने र डिभोर्स गराउने भन्ने सोच नराख्न आग्रह गरिन् । ‘विखण्डनको चरणमा पुगिसकेका दम्पत्तिलाई समेत मिलाउन सफल भएकी छु । म सामाजीक पृष्ठभूमिबाट आएको हुँदा समाजमा भएका समस्यालाई कानुनी र सामाजीक रुपबाट समाधान गर्ने मेरो ध्येय हुनेछ’ उनले भनिन् ।
 
त्यस अवसरमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, एनआरएन अमेरिकाज क्षेत्रका उपक्षेत्रीय संयोजक राम सी पोखरेल, युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेल, नेप्लिज अमेरिकन चेम्बरकी अध्यक्ष स्मृती कार्की, नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष दिनेश शर्मा, जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टर अध्यक्ष ज्ञानेन्द्र कार्की, सामाजीक अभियन्ताहरु सुभद्रीका नेपाल, सुशील चौधरी, निर्मला देवकोटा, लक्ष्मी पौडेल, गीता पाठक पाण्डे, अम्बिका रावत, मन्दिरका पूजारी मेघराज निरौला लगायतले शूभकामना व्यक्त गरेका थिए । 
 
पोखरेलले इमिग्रेसन, नोटरी पब्लिक, व्यबसायीक परामर्श, पारिवारिक कानुनी पक्षका बारेमा समुदायलाई परामर्श सेवा दिदै आएकी छिन् । उनको कानुनी परामर्शदाता अफिस युलेसको हार्मोनी स्कुल नजिकै रहेको बरगेण्डी टावरमा कार्यालयमा रहेको छ ।