मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

किभमा अवस्थित आवासीय भवनमा हमला, कम्तीमा दुई जनाको मृत्यु

किभमा अवस्थित आवासीय भवनमा हमला, कम्तीमा दुई जनाको मृत्यु


कि । युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ ।  यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ । 
 
स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे  दुई जनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको छ । अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।  
 
नौ जनाको घटनास्थलमा उपचार गरिएको आपतकालीन सेवाले फेसबुकमा बताइएको छ ।  भवन किभको ओबोलोनमा रहेको जनाइएको छ । 
 
रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण सुरु गरेको थियो । सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौँ नागरिकको मृत्यु भएको छ । यसमा बालबालिकासमेत रहेका छन् । 
 
युक्रेनमा जारी रहेको आक्रमणको कारण २५ लाखभन्दा बढी सर्वसाधारण शरणार्थीको रुप छिमेकी देशमा पुग्न बाध्य भएका छन् । रासस