मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए संकट १० अर्ब रुपैंयाको लगानी कोष अव के हुन्छ

एनआरएनए संकट १० अर्ब रुपैंयाको लगानी कोष अव के हुन्छ

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजित र विवादित हुदां यसले अगाडी वढाएको महत्वकांक्षी योजना एनआरएन लगानी कोषलाई परेको छ । 
 
विदेशमा वस्ने नेपालीवाट पुंजी जुटाएर नेपालमा लगानी गर्ने र त्यहांवाट प्राप्त हुने नाफा वितरण गर्ने उद्देश्यले स्थापना गरिएको १० अर्ब रुपैंयाको यो कोष अव के हुन्छ भन्ने अन्यौल छ । 
 
एनआरएनए स्थापना लगत्तै सन् २००४ देखिनै एनआरएनए भित्र नेपालमा लगानी गर्नका लागि यस्तो कोष वनाउने कुरा उठ्दै आएको थियो । तर, एक बर्ष अघि मात्र यो कोषलाई औपचारिक रुपमा अगाडी वढाईएको थियो । 
 
कोषका लागि संचालक समितिको गठन भई संस्थापकले कबोल गरेको रकम उठाउंदै गर्दा एनआरएनए भित्र विवाद आएको थियो । विवादले यो नियमित कार्य रोकिन पुगेको थियो । उक्त कोषको संचालक समिति अध्यक्षमा उपेन्द्र महतो छन् । अमेरिका बस्ने नेपालीले पनि उक्त कोषमा लाखौं लगानी गर्ने प्रतिवद्धता समेत जनाएका छन् । 
 
कोषलाई अगाडी वढाउन नेपालमा विभिन्न वित्तीय संस्थामा काम गरेको अनुभव भएका अनल भट्टराईलाई कार्यकारी नियुक्त गरिएको थियो । 
 
नेपाल सरकारले पनि कोषमा ५० करोड रुपैंया लगानी गर्ने प्रतिवद्धता जनाएको थियो । एनआरएनए संस्थापन पक्षले सरकार विरुद्ध मुद्दा हालेपछि सरकारले चासो देखाउन छाडेको छ ।
 
संस्थापकले कबोल गरेको पुंजी उठेपछि विदेशमा वस्ने सवै नेपालीलाई शेयर मार्फत लगानी गर्न दिने योजना थियो । विदेशमा वस्ने नेपालीले स सानो पुंजी पनि लगानी गर्ने सक्ने गरी कोषको मोडल तयार गरिएको थियो । यसवाट १० अर्ब रुपैंया मात्र होइन यस भन्दा कयौं वढी उठाउन सकिने र ठुला परियोजनामा लगानी गर्ने महत्वकांक्षा राखिएको थियो । 
 
यो पुंजी नेपालमा लगानी गरी आउने नाफा शेयर धनीलाई वाड्ने योजना थियो । यसका लागि २०० भन्दा वढी परियोजना अध्ययनमा थिए । 
तर, एनआरएनएमा विवाद शुरु भए पछि विदेशमा वस्ने नेपालीले यो कोष प्रति प्रश्न उठाउन थालेका थिए । त्यस पछि लगानी गर्छु भनेर कवुल गर्नेले पनि पैसा पठाएका थिएनन् । 
 
सरकारले लगानी गर्ने प्रतिवद्धता गरेको ५० करोड रुपैंया ठुलो कुरा होइन तर, यो कोष संचालन गर्नका लागि केही नियम कानुन परिवर्तन गर्नु पर्ने, नयां ल्याउनु पर्ने हुन्छ । अर्थमन्त्रालय, धितोपत्र वोर्ड, राष्ट्र बैंक मार्फत नियम कानुन वन्नुपर्ने हुन्छ । यो नहुदां सम्म कोष आफ्नो उद्देश्यमा संचालन हुन सक्दैन । तर, विवाद र विभाजनले यहां पनि असर परेको छ ।
 
एनआरएनए अहिले विभाजित र विवादित छ । संस्थापन पक्ष र अर्को समुह दुवैले आफ्नो आफ्नो चुनाव गर्दै छन् । कुन समुह आधिकारिक हुने हो भन्ने यो अन्यौल छ । परराष्ट्र मन्त्रालय विरुद्ध एनआरएनए नेतृत्वले अदालतमा दायर गरेको मुद्दा विचाराधिन छ । 
 
एनआरएनएका आधार स्तम्भ रहेका एनसीसी र आईसीसी नेतृत्व विच समझदारी हुन सकेको छैन् । अधिकांश एनसीसी आईसीसीको वर्तमान नेतृत्व प्रति रुष्ट छन् । आफ्नो सुझाव नसुनेको आरोप ती एनसीसीको छ । 
 
यसै महिना हुने दुईवटा चुनाव र अधिवेशन पछि एनआरएनए के हुन्छ । कस्तो हुन्छ भन्ने अन्यौल छ । विवाद एनसीसीसम्म आई पुग्ने पक्का छ । 
 
एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । सरकारले आफ्नो साझेदारका रुपमा एनआरएनएलाई लिदैं गएको छ । यस अघिका सवै महाधिवेशनमा सरकार पनि आयोजक हुदैं आएको थियो । 
 
सरकारले स्विकृत नदिएको समुह आधिकारिक एनआरएनए नहुने दावी गर्नेहरु छन् । एनआरएनएले सरकारसंग मिलेरै काम गर्नु पर्छ, विदेशमा वस्ने नेपालीका एजेण्डा पुरा गर्न पनि सरकारसंग सहकार्य गर्नै पर्छ एनआरएनए अभियानमा लागेका नेपालीले भने जुन सुकै पार्टी आए पनि जसले सरकारले पत्याउंछ त्यही नै आधिकारिक एनआरएनए हुन्छ । 
 
यसै महिना हुन लागेको दुईवटा महाधिवेशन र चुनावका वारेमा सरकारले अहिलेसम्म कुनै प्रतिकृया जनाएको छैन । 

युलेसमा भव्य रूपमा मार्च १९ तारिक शनिबारका दिन होली खेलिने