मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुसी हवाई आक्रमणबाट युक्रेनको एलभिभमा नौ जनाको मृत्यु, ५७ घाइते, लाखौँ मानिस विस्थापित

रुसी हवाई आक्रमणबाट युक्रेनको एलभिभमा नौ जनाको मृत्यु, ५७ घाइते, लाखौँ मानिस विस्थापित


कि । युक्रेनको एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका नौ जनाको मृत्यु भएको छ । रुसी सेनाले गरेको हवाई आक्रमणमा परी अरु ५७ जना घाइते भएको पनि स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
 
एलभिभ नगरका नगर प्रमुख अन्द्रीय साडोभियले आइतबार टेलिग्राममा लेखेका छन्, “दुर्भाग्यवस हाम्रा नौ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् ।” 
 
रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म लाखौँ मानिस विस्थापित भएका छन् । युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् । 
 
ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास पनि भइरहेको अधिकारीहरुले जनाएका छन् । 
 
विशेष गरेर दक्षिणी बन्दरगाह साहर मारिऊपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका हुन् । एजेन्सी