मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेन किभको ’अथक प्रतिरक्षा’ को लागि तयार छ : राष्ट्रपति जेलेन्स्की

युक्रेन किभको ’अथक प्रतिरक्षा’ को लागि तयार छ : राष्ट्रपति जेलेन्स्की


कि । युक्रेनले राजधानी किभको “अथक प्रतिरक्षा“ को लागि आइतबार तयारी गरेको समाचार सार्वजनिक भएको छ । रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ ।
 
शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति वा आत्मा रुससँग नभएको बताएका छन् ।  
 
मारिउपोलको लागि जाँदै गरेको मानवीय सहायताको रुसी चेकपोस्टमा रोकिएको थियो । तर, यो आइतबार सहरमा पुग्ने आशा गरिएको उपप्रधानमन्त्री इरिना भेरेशचुकले भनेका छन् । रणनीतिक बन्दरगाह सहर मारिउपोलमा “मानवीय प्रकोप“ को सामना गरिरहेको छ । 
 
यहाँ रुसले गरेको आक्रमणमा परी १ हजार ५०० भन्दा बढी नागरिक मारिएका छन् । लाखौँ सर्वसाधारणलाई बाहिर निकाल्ने प्रयास बारम्बार असफल भएको छ । मरियुपोल अझै पनि रुसको घेराबन्दीमा परेको छ । 
 
यो शहरलाई युद्धबाट पाउन नसक्ने रुसीहरू भोक र निराशाले प्राप्त गर्न चाहिरहेको र युक्रेनी सेनालाई तल ल्याउन नसक्ने हुनाले उनीहरुले सर्वसाधारणलाई निशाना बनाएको फ्रान्सेली सैन्य स्रोतले भनेको छ ।
 
दुर्भाग्यवश, युक्रेनमा मानवीय अवस्था द्रूत रूपमा बिग्रँदै गइरहेको छ, र केही शहरहरूमा यो विनाशकारी अनुपातमा पुगेको छ, रुसी राष्ट्रिय रक्षा नियन्त्रणका प्रमुखले भनेका छन् । एजेन्सी