मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए चुनाव विवाद , एउटा होइन दुईटा चुनाव

एनआरएनए चुनाव विवाद , एउटा होइन दुईटा चुनाव

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- गैर आवसीय नेपाली संघ (एनआरएनए) मा हामी आधिकारिक हौ भन्दै दुई वटा चुनाव भए पनि अचम्म नहुने भएको छ । चुनावमा सहभागी हुने, नहुने, उम्मेदवार दिने नदिने यस्तै विवादमा एनआरएनए डुब्दै आएको छ । 
 
अहिले एनआरएनए कार्यसमिति विवाजित छ । उपाध्यक्ष र पदाधिकारी नै विवाजित छन् । पुर्व अध्यक्षहरु पनि एक ठाउंमा छैनन । उनीहरु विचनै एक मत देखिएको छैन । 
 
संस्थापन पक्षले यसै महिनाको तेस्रो साता चुनाव गर्दै छ । यस अघि घोषणा भए पनि तिन पटक चुनाव सरेको थियो । यस पटक पनि निर्वाचन तालिका देखि  भोट हाल्ने दिन पनि परिवर्तन गरिएको छ । 
 
 यसका लागि प्राय सवै पदमा उम्मेदवारी परेको छ । अधिकांश वर्तमान नेतृत्वका समर्थकहरुले चुनावमा भाग लिएका छन् । 
 
चुनावनै विवादित भएकाले उम्मेदवारका वारेमा पहिलेजस्तो चासो र चर्चा छैन । मुलधारमा मिडियामा पनि र यो चुनाव र एनआरएनए प्रति चासो कम हुन थालेको छ । नेपालवाट प्रकाशित हुने मुलधारका मिडियाले यो चुनाव र विवादलाई चासो नै देखाएको छैन । 
 
एनआरएनएको स्थापना देखिनै मुलधारको नेपाली मिडियाले एनआरएनए अभियानलाई सकरात्मक रुपमा उल्लेख गर्दै आएको छ । प्राय विदेशमा वस्ने नेपालीको प्रगति, नेपालमा लगानी, सृजनात्मक सोचलाई एनआरएनएसंग जोडेरमुल धारको नेपाली मिडियाले समाचार दिदैं आएको छ ।  तर, समाजिक संजालमा पक्ष विपक्षमा आत्मरती पनि देख्न सकिन्छ । 
 
विवादमै चुनाव भए के हुन्छ ?
विवादमै चुनाव हुने अवस्थाआए एउटा होइन दुईवटा निर्वाचन हुन्छ । यसले कुनै एनआरएनए आधिकारिक हो  भन्ने नयां विवाद ल्याउंछ । आईसीसीमा मात्र यो सिमित हुदैंन । एनसीसी सम्म पनि यो विवाद आईपुग्छ । 
 
एउटा समुह भने चुनावमा भाग नलिई बसेको छ । सहमतिका लागि निर्वाचन तालिका परिवर्तन गरि उम्मेदवार दिने समय तिन दिन थप गरिएको भए पनि विहिवार दिउसोसम्म कुनै सहमति भएको जानकारी आएको छैन । 
 
चुनावमा मत हाल्ने डेलिगेट विवादले एनआरएनए संकटमा परेको हो । वर्तमान नेतृत्वले सानो समस्यालाई पनि सल्टाउन नसक्दा अवस्था विग्रंदै गएको हो । 
 
एक पक्ष चुनावमा जाने अर्को पक्ष वहिस्कार गर्ने अवस्थामा एनआरएनए छ । संस्थापन पक्षको चुनावमा भाग नलिएको समुह पनि अर्को चुनाव गराउने तयारीमा छ । शुक्रवारनै अर्को निर्वाचन समिति वनाउने, एनसीसीसंग डेलिगेटको सुची माग्ने र सकेसम्म मार्च महिना भित्रै चुनाव गराउने तयारी भईरहेको छ । सकेसम्म संस्थापन पक्षले तोके भन्दा एक दिन अघि चुनाव गराउने रणनीति छ । यसका लागि पुर्व अध्यक्षको संयोजकत्वमा कमिटि वनाउने तयारी भएको छ । 
 
विशेष साधारण सभावाट एनआरएनए विधान परिवर्तन गरी निर्वाचन गर्न खोज्दा पनि यो समस्या आएको हो । विद्यानमा जे परिवर्तन गरियो यो त्रुटीपुर्ण रहेको अहिलेको विवादले देखाएको छ । 
 
यो विवादवाट अलग गरेका विदेशमा वस्ने नेपालीहरुले भने एनआरएनएको बैकल्पिक कुनै नयां संरचना वनाउन सकिन्छ कि भन्ने तर्फ पनि अनौपचारिक छलफल शुरु गरेका छन् । 
 
विदेशमा वस्ने नेपालीका पक्षमा लविगं गर्न, उनीहरुका एजेण्डा सम्वद्ध निकायमा राख्न एनआरएनए अभियानका रुपमा स्थापना भएको थियो । तर, विदेशमा वस्ने नेपालको एजेण्डा प्रभावकारी रुपमा उठाउने भन्दा पनि संस्था विवादमै अल्झिन पुगेकाले के विकल्प हुन सक्छ भन्ने प्रश्न उठेको हो । 
 
कयौं विदेशमा वस्ने नेपालीले अहिलेको विवादलाई तमासाको रुपमा हेर्दै आएका छन्  । 
 
घोषणा गरेर पनि चुनाव गराउन नसकेपछि अहिलेको नेतृत्वले राजिनामा गरेर समस्या समाधानका लागि मार्ग प्रशस्त गरेको भए विवाद यति धेरै वढेर जाने थिएन भन्नेहरु पनि छन् । वर्तमान कार्यसमितिको पदावधि ५ महिना अघि सकिएको थियो । विद्यान अनुसार ६ महिना थप गरिएको छ । 
 
केही दिन अघि आईसीसी प्रवक्ताले अमेरिका, क्यानडा लगायत चार वटा एनसीसी कार्यसमिति खारेज गर्ने विज्ञप्ति सार्वजनिक गरेका थिए । तर, यसले झन विवाद ल्याउन देखिएपछि आईसीसी नेतृत्व यो निर्णयवाट पर हटेको छ । 
 
चुनावसम्म अमेरिका , क्यानडा लगायत कारवाहीमा परेका एनसीसीलाई केही नगर्ने पक्षमा नेतृत्व पुगेको सम्वध पदाधिकारीले वताए । ती एनसीसी खारेज गर्दा थप जटिलता आउने अवस्था थियो । यही भएर आईसीसी पछि हटेको हो ।