मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

रुस युक्रेन संकटको प्रभाव डलर, सुन, तेल महंगो

रुस युक्रेन संकटको प्रभाव डलर, सुन, तेल महंगो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका– रुसले युक्रेन माथि आक्रमण गरेको दुई साता भएको छ । यो युद्ध कहां कसरी टुंगो लाग्छ अझै अन्यौल छ । तर, यसको प्रभाव भने विश्व भर देखिन थालेको छ । 
 
युक्रेनवाट नेपाल कयौं हज्जार किलोमिटर टाढाको दुरीमा छ । तर, त्यहां भएको युद्धले नेपालको अर्थतन्त्रमा प्रभाव देखिन थालेको छ । 
 
नेपाली रुपैयाको तुलनामा अमेरिकी डलर महंगो भएको छ । पेट्रोल डिजल लगायत विदेशवाट आउने तेल मूल्य वढ्यो । सुन बढेर तोलाको एक लाख नाघेको छ । 
 
नेपालमा अमेरिकी डलर अहिलेसम्मकै सवैभन्दा महंगो भएको छ । राष्ट्र बैंकले तोकेको विहिवारको विनियम दर अनुसार नेपालमा एक डलर किन्न १२२ रुपैंया ८० पैसा तिर्नुृ पर्ने हुन्छ । एक डलर विक्री गर्दा पनि १२२ रुपैंया २० पैसा पाइन्छ । 
 
भारतीय रुपैंया कमजोर भएकाले नेपाली रुपैंया पनि कमजोर भएको हो । एक सय भारु बरावर १६० नेरु हुने भएकाले भारतमा डलरको भाउ वढ्ने वित्तिकै नेपालमा पनि वढ्छ  । भारु र नेरुको स्थिर विनिमय दर भएकाले सजिलोको रुपमा भन्दा भारुको आधारमा नेरुको मूल्य निर्धारण हुन्छ । पहिले पनि यही भएको हो । 
 
डलर महंगो हुदां नेपालमा महंगी वढ्छ । यसको मूल्य उपभोक्ताले चुकाउनु पर्ने हुन्छ । यसैले नेपालमा मोवाइल सेट देखि लत्ताकपडासम्म महंगो हुने छ । 
 
नेपालमा घरजग्गा, शेयर लगायत लामो समयका लागि लगानी गर्ने योजना छ भने यो पैसा त्यहां पैसा पढाउने उपयुक्त समय हो । विदेशमा कमाएको पैसा नेपाल पढाउंदा हातमा वढी पैसा पर्ने छ । 
हिमालयखबर डटकम
यो नेपालवाट डलर यता ल्याउने समय होइन । तेल महंगो भएकाले जहाज टिकट देखि अन्य विदेशभ्रमण पनि महंगो पर्छ । विदेशी कच्चा पदार्थमा निर्भर उद्योग व्यवसायको उत्पादन लागत पनि वढीपर्ने छ । 
 
विश्व बजारमा कच्चा तेल र सुनको मूल्य वढेकाले यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । सरकारलाई तेलको मूल्य थप वढाउन दवाव परिरहेको छ । 
 
तेलको मूल्य वढ्दा अधिकांश दैनिक उपभोग्य वस्तुको पनि मुल्य वढ्छ । यसले अहिलेनै मूल्य बृद्धिको चापमा परेको नेपाली उपभोक्तालाई थप मार पर्ने छ । यसले नेपालको अर्थतन्त्रको सन्तुलन विगार्ने जोखिम पनि वढेको छ । 
 
यो युद्धले नेपाली उपभोक्तालाई मात्र होइन अमेरिकी उपभोक्तापनि चर्को मूल्य बृद्धिको दवाबमा परेका छन् । ग्यांस (तेल)को मूल्य अहिलेसम्मकै उच्च भएको छ । अमेरिकामा प्रति ग्यालिन रेगुलर कारमा हाल्ने तेलको मूल्य औषतमा ४ डदर २५ सेन्ट पुगेको छ । क्यालिफोर्नियामा सवैभन्दा महंगो छ भने मेजौरी राज्यमा तुलनात्मक रुपमा केही सस्तो छ । कोलोराडो टेक्सस लगायतका राज्यमा पनि तेलको मूल्य प्रति ग्यालिन करिव ४ डलर पुगेको छ । 
 
तेल मात्र होइन डिपार्टमेण्टल स्टोरमा दैनिक उपभोग्य समानको मूल्य पनि बृद्धि भएको छ । अध्ययन अनुसार एक बर्ष  अघिको तुलनामा एउटा परिवारले दैनिक उपभोग्य वस्तु किन्न करिव २७० डलर वढी तिर्नु परेको देखाएको छ । तस्बिर: सामाजिक संजाल