मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनमा रुसको हवाई, जमिन र समुद्रबाट आक्रमण

युक्रेनमा रुसको हवाई, जमिन र समुद्रबाट आक्रमण


कि । रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन् । उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् । यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन् ।
 
निरन्तर जारी रहेको आक्रमणको कारण युक्रेनको सिमानामा १५ लाख भन्दा बढी मानिस शरणार्थीका रूपमा बाहिएका छन् । यद्यपी, अरु धेरै आन्तरिक रूपमा विस्थापित भएका छन् वा रुसी बमबारीले भग्नावशेषमा परेका शहरहरूमा फसेका छन् । उता मस्कोलाई दण्डित गर्ने उद्देश्यले रुसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएका भए पनि आक्रमणलाई कम गर्न भने सहयोग पुगेको छैन । वाशिंगटनले अब युरोपसँग रूसी तेल आयातमा प्रतिबन्ध लगाउने बारेमा छलफल गरिरहेको बताएको छ ।
 
टोकियो र हङकङका बजारहरू ओरालो लागेको यस अवस्थामा ब्रेन्ट कच्चा तेलको मूल्य १४ वर्षकै उच्च बिन्दुमा पुगेको छ । राजधानी किभलगायत देशभरका शहरहरूमा साइरन बज्ने र खार्किभ शहरमा तीव्र हवाई बमबारी जारी रहेको छ । यस शहरहरुमा हालैका दिनमा लगभग निरन्तर आगो लागिरहेको देखिन्छ  ।
 
युक्रेनको सशस्त्र बलका जनरल स्टाफले एक विज्ञप्तिमा भनेका छन् ‘दुश्मनले युक्रेन विरुद्धको आक्रामक कारबाही जारी राखेको छ, किभ, खार्किभ, चेर्निहाइभ, सुमी र माइकोलायभको घेराबन्द गरिएको छ ।  रूसले देशको दक्षिणमा पर्ने ओडेसा क्षेत्रको तुज्ली गाउँमा समुद्रबाट गोलाबारी गरेको, क्षेत्रीय सैन्य अधिकारीहरूले जानकारी दिएका छन् । महत्त्वपूर्ण पूर्वाधार साइटहरूलाई निशाना बनाएको तर मानवीय हताहत भने नभएको जनाइएको छ । 
 
रुसको इन्टरफ्याक्सले रुस समर्थक पृथकतावादी विद्रोहीहरूले कब्जा गरेको सहर लुगान्स्कमा सोमबार बिहान एउटा इन्धन डिपोमा ठूलो विस्फोट भएको जनाएको छ । युक्रेनको खार्किभ एक विश्वविद्यालय र अपार्टमेन्ट ब्लकमा रुसतर्फबाट भएको आक्रमणमा भवनहरु ध्वस्त हुनुको साथै कैयाँै व्यक्तिको ज्यान गएको छ । 
 
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बढ्दो विनाश र मृत्युको संख्याको विरूद्ध आक्रोश व्यक्त गर्दै रसियाली सेनालाई एक सम्बोधनमा जानाजानी गरेको हत्या भनेका छन् ।  ‘हामी माफ गर्दैनौं, भुल्ने छैनौँ, हामी हाम्रो भूमिमा यो युद्धमा अत्याचार गर्ने सबैलाई सजाय दिनेछौँ,’ उनले भनेका छन् । उनले यो पृथ्वीमा चिहान बाहेक कुनै शान्त ठाउँ हुने छैन पनि भनेका छन् ।   
 
यहाँ जारी रहेको करिब बाह्र दिनको लडाइँमा सयौं सर्वसाधारण मारिएका छन् र हजारौं घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा द्रुत रूपमा बढ्दो शरणार्थी सङ्कट देखिएको जनाएको छ । युक्रेन र यसका छिमेकी देशहरूमा धेरैजसो महिला र बालबालिका रहेका छन् र उनीहरु शरणार्थीका रुपमा अझबढी संकटमा परेका छन् । 
 
दुवै पक्षले एकअर्कालाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन् । मानव पीडाको विनाशकारी दृश्यहहरु देखिएको छ । सहर छोड्ने एक परिवारले गर्मी वा बिजुली बिना एक हप्ता बिताएको र खाना र पानीको अभाव भएको वर्णन गरेका छन् । ‘सडकमा हामीले जताततै शवहरु देख्यौं, रुसी र युक्रेनीहरूलाई हामीले गाडिएको अवस्थामा पनि देख्यौं’ एक परिवारले बताएका छन् । 
 
किभ बाहिरको एउटा सानो सहर इरपिनका मेयरले दुई वयस्क र दुई बालबालिकालाई आफ्नो आँखै अगाडि गोली प्रहार गरेर हत्या गरेको आफूले देखेको बताएका छन् । यो निर्दयता हो र तिनीहरू राक्षस हुन् भनेर धेरैले रुसी सेनालाई भन्ने गरेका छन् । 
 
पश्चिमा सहयोगीहरूले रुसी अर्थतन्त्रलाई दबाउन र मस्कोलाई आक्रमण रोक्न दबाब दिन व्यवसाय, बैंक र अर्बपतिहरूविरुद्ध अभूतपूर्व प्रतिबन्ध लगाएका छन् । तर रुसी नेता भ्लादिमिर पुटिनले विश्वव्यापी प्रतिबन्धलाई युद्धको घोषणासँग तुलना गरेका छन् । किभले युक्रेनी राज्यको भविष्यमाथि प्रश्न खडा गरिरहेको छ । 
 
रुसमा पनि युक्रेन आक्रमणको विरूद्ध विरोध प्रदर्शन जारी छ । असहमति व्यक्त गर्नेहरुलाई कठोर सजायको बावजुद जारी प्रदर्शनको क्रममा १० हजार भन्दा बढी मानिसहरूलाई गिरफ्तार गरिएको छ । सोमबारको लागि तय गरिएको रुसी–युक्रेनी वार्ताको तेस्रो चरणको अपेक्षा कम मात्र रहेको बताइन्छ  ।
 
युक्रेनी राजधानीमा, किभमा सेनाहरु अपेक्षित रुसी आक्रमणको लागि तयारी गरिरहेका छन् ।  रुसी सेना अगाडि बढ्ने  बाटोमा विस्फोटकहरू रोप्ने काम गरिरहेका छन् । रुसी सेनाले बाटो पार गर्ने प्रयास गरे भने, युक्रेनीहरूले पुललाई उडाउँनेछन् । किभले पश्चिमलाई आफ्नो सैन्य सहयोग बढाउन आग्रह गरेको छ । मस्कोले युक्रेनका छिमेकीहरूलाई पनि सशस्त्र द्वन्द्वमा संलग्न हुन सक्ने भन्दै किभको सैन्य विमान होस्ट नगर्न चेतावनी दिएको छ ।
 
पश्चिमी सहयोगीहरुले किभलाई बलियो बनाउन युक्रेनमा हतियार, गोलाबारुद र कोषहरू खन्याएका छन् । युरोपको सबैभन्दा ठूलो जापोरिझिया आणविक उर्जा केन्द्रमा शुक्रबार रुसले गरेको आक्रमणपछि युक्रेनको आणविक स्थलहरूको सुरक्षाको बारेमा पनि निरन्तर चिन्ता भइरेहेको छ । एजेन्सी