मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रूसी हमलामा भिनिट्सियाको युक्रेनी विमानस्थल ध्वस्त : राष्ट्रपति जेलेन्स्की

रूसी हमलामा भिनिट्सियाको युक्रेनी विमानस्थल ध्वस्त : राष्ट्रपति जेलेन्स्की


कि । रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताएका छन् । 
 
उनले भने, “भिनिट्सियामा भएको क्षेप्यास्त्र आठ वटा रकेटले आक्रमण गरिएको र आक्रमणपछि विमानस्थल पूर्ण रूपमा ध्वस्त भएको छ ।”
 
रूसले ११ दिनअघिदेखि आक्रमण सुरु गरेदेखि युक्रेनका थुप्रै शहर तथा हवाई अड्डाहरूमा बम विस्फोट, गोलाबारी वा ब्यालेस्टिक मिसाइलहरू प्रहार गरिएका छन् ।
 
भिनिट्सिया मध्य युक्रेनको पश्चिमी क्षेत्रमा छ । यो रूस र बेलारूसको सिमानाभन्दा धेरै टाढा छ । यस क्षेत्रमा त्यस्तो हमला कम भएको छ ।
 
विमानस्थालमा भएको आक्रमणपछि जेलेन्स्कीले रूसी आक्रमण रोक्न पश्चिमी शक्तिहरूले युक्रेनमाथि उडान विरोधी क्षेत्र लागू घोषणा गर्ने आफ्नो मागलाई पुनः दोहोर्‍याएका छन् ।  
 
“हामी हरेक दिन दोहोर्‍याइरहेका छौँ । युक्रेनी आकाशलाई सहयोगी मुलुकहरूले उडान प्रतिबन्धको घोषणा गरून् । आकाशलाई सबै रूसी क्षेप्यास्त्र, रूसी युद्ध विमान र युक्रेनी पृथकतावादीहरूका लागि बन्द गरियोस् ।” 
 
उनले युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा नगर्दा दैनिक दर्जनौँ युक्रेनी नागरिकले ज्यान गुमाउनु परेको बताए । एजेन्सी