मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनविरुद्धको आक्रमणको विरोधमा रुसका ३५ सहरमा प्रदर्शन, १७ सय बढी रुसी नागरिक पक्राउ

युक्रेनविरुद्धको आक्रमणको विरोधमा रुसका ३५ सहरमा प्रदर्शन, १७ सय बढी रुसी नागरिक पक्राउ


स्को । युक्रेनमा मस्कोले गरेको सैन्य परिचालनको विरोधमा आइतबार भएको प्रदर्शनमा रूसी सहरहरूबाट एक हजार ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । आक्रमण सुरु भएको एक हप्तापछि एक युद्ध अनुगमनकारी रूसी संस्थाले जनाएको हो ।
 
विपक्षीको विरोधमा बन्दी प्रत्यक्षीकरणको निगरानी गर्ने ओभिडी–इन्फोले स्थानीय समयअनुसार आइतबार करिब २ः२० बजे रूसको विभिन्न ३५ सहरहरूमा एक हजार १०३ जनालाई थुनामा राखिएको बताएको छ । सबैभन्दा धेरै व्यक्ति साइबेरियाको नोवोसिबिस्र्क शहर र उराल्सको येकाटेरिनबर्गमा पक्राउ गरिएको हो । 
 
दङ्गा प्रहरीले देशको सबैभन्दा ठूलो शहर मस्को र सेन्ट पिटर्सवर्गका चोकहरूमा भेला भएका प्रदर्शनकारीहरूलाई पनि पक्राउ गरेका थियो । 
 
रूसको प्रमुख मानव अधिकार समूह, मेमोरियलले बताएअनुसार यसका एक प्रमुख कार्यकर्ता ओलेग ओर्लोभलाई प्लेकार्डसहित प्रदर्शन गर्दा मस्कोको मानेश्नाया प्लास्चाद चोकबाट पक्राउ गरिएको थियो । 
 
रुसी प्रहरीले आइतबार अवैध प्रदर्शन गर्ने सबै प्रयास ‘तत्काल दबाउने’ र आयोजक र सहभागीले आरोपको सामना गर्ने चेतावनी दिएको थियो । बन्दीगृहले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा फेब्रुअरी २४ देखि हालसम्ममा युक्रेनबारे रूसी सरकारले लिएको कदमविरूद्ध आइतबार करिब १० हजार जना प्रदर्शनकारीहरू भेला भई पुटिनको कदमको विरोध गरेका थिए । 
 
सरकारी निर्णयको विरोधमा प्रदर्शन गर्ने समूह वा व्यक्तिविरूद्ध कडा कारबाही गर्न राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए । 
 
पुटिनले शुक्रबार रूसी सेनाको बारेमा ‘भ्रामक समाचार’ प्रकाशित गरेकोमा १५ वर्षसम्म जेल सजाय गर्ने विधेयकमा हस्ताक्षर गरेका थिए । एजेन्सी