मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा एनआरएन कोलोराडो च्याप्टरद्धारा भब्य कार्यक्रमका बिच ५ महिला सम्मानित

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा एनआरएन कोलोराडो च्याप्टरद्धारा भब्य कार्यक्रमका बिच ५ महिला सम्मानित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- एनआरएन कोलोराडो च्याप्टरको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा एक भब्य कार्यक्रमका बिच महिला सम्मान कार्यक्रम सम्पन्न भयो ।  
 
एनआरएन एनसीसी अमेरीकाका बरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्थको प्रमुख आतिथ्यतामा ब्रुमफिल स्थित मिनाज रेष्टुरेन्ट एण्ड ईभेन्ट सेन्टरमा नारी सम्मान तथा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
एनआरएन कोलोराडो च्याप्टरका महिला संयोजक दिलकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्डर काउन्टी कमिस्नर मार्टा लोचामिन, कोलोराडो डिपार्टमेन्ट अफ ह्युम्यान सर्भिस कार्यक्रम संयोजक देव मलोन, लाफेद सिटी मेयर जेडी मंगत, कोलोराडो डिष्ट्रक १ कांग्रेसियल क्यान्डीडेट निल वालिया, एनआरएन आइसीसी महिला उपाध्यक्ष दिक्षा बस्नेत, उपाध्यक्ष गोपेन्द्र भट्टराई, क्षेत्रीय संयोजक श्रीराम थापा, केन्द्रिय सदस्य राज ढुङ्गाना, क्यालीफोर्निया च्याप्टरका अध्यक्ष एकदेब शर्मा, कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कलाकार, व्यवसायी, पत्रकार गन्यमान्य तथा सर्बसाधरणको बाक्लो उपस्थिती रहेको थियो ।
 उक्त कार्यक्रममा कोलोराडोमा रहेर बिभिन्न क्षेत्रमा कृयाशिल रहि उल्लेखनिय कार्यगरेका ५ महिला दिदी बहिनीहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मान हुनेहरुमा नेपाली समुदायलाई आफ्नाे ब्यावसाय मार्फत सहयोग पु¥याउने निलम श्रेष्ठलाई  हिरो अफ द कम्युनिटी उपाधिबाट सम्मान गरिएको थियो । त्यसैगरी नेपालको धादिङ जिल्लाको दुर्गम स्थानमा जन्मेर सामान्य शिक्षाबाट समेत बन्चित रहेकी रेशम गुरुङ भिजिट भिसामा अमेरीका आई कठिन संघर्षका बावजुद सफल ब्यावसायी बन्न सफल भएकोमा बिजनेश स्टार अफ द कम्युनिटी उपाधिबाट सम्मान गरिएको थियो । यसैगरी आफ्नाे गीत संगित र कलाको माध्यमबाट समुदायलाई मनोरञ्जन प्रदान गर्न सफल  संझना पाण्डेलाई आर्टिस्ट अफ द कम्युनिटी उपाधिबाट सम्मान गरिएको थियो । 
त्यसैगरी भुटानी सरणार्थिको रुपमा नेपालमा जन्मे र अमेरीका सम्म आईपुदा जिवनका आरोह अवरोह लगायतका कथा सगटेर द रेन इन चादनी स्काई नामक पुस्तक प्रकाशन गरी समाजलाई ज्ञान प्रदानगर्न सफल शुमीत्रा पोख्रेललाई लिटेचर राईजिङ स्टार अफ द कम्युनिटी उपपाधिबाट र सानै उमेरबाट इस्की लगायत बिभिन्न खेलकुद मार्फत अमेरीकामा नेपाली समुदायलाई चिनाउन सफल  रिवानी श्रेष्ठलाई स्पोर्ट राईजिङ स्टार उपाधिबाट सम्मान गरिएको थियाे । सम्मानितहरुलाई च्याप्टरका अध्यक्ष आरसी पन्त, कार्यक्रमका प्रमुख अतिथी, बिशेष अथितीहरुले संयुक्त रुपमा सम्मान पत्र प्रदानगरी सम्मान गरिएको थियो ।
कार्यक्रममा बुना दाहाल , साबु गदाल र एनआरएन आइसीसी महिला उपाध्यक्ष दिक्षा बस्नेतले नारी दिवसको महत्व बारेमा प्रष्ट्याउदै यसको इतिहास कोट्याएका थिए ।   कार्यक्रमका प्रमुख अतिथी, बिशेष अतिथी स्थानिय संघ संस्थाका प्रतिनीधीहरुले कार्यक्रम सफलताको शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा स्थानिय दिदी बहिनी समुहले नेपाली समुदायको हक हित र सामुदायिक बिकासको लागी हालसम्म पु¥याएको योगदाको भिडियो क्लिप सहित समुहका संयोजक धन पौडेलले उपस्थित सबैलाई जानाकारी गराएकी थिईन् । कार्यक्रममा कीनोट स्पीकर बुना दाहाल र मोटिभेसन स्पिकर साबु गदाल, दिदी बहिनी समुह र च्याप्टरले आयोजना गरेको कार्यक्रमहरुलाई निरन्तर आर्थिक सहयोग प्रदान गर्ने AFS कम्पनी र प्रोग्राम कमिटीका सदस्यहरुलाई धन्यवादको प्रमाण पत्र प्रदान गरिएको थियो ।    
सभापती दिलकुमारी श्रेष्ठले कार्यक्रममा स्वागत भाषण गरेकी थिईन भने उपाध्यक्ष प्रकाश पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । संगीता लामाले सञ्चालन गरेकी थिईन् भने,  च्याप्टरका अध्यक्ष आरसी पन्तले कार्यक्रममा उपस्थित भई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सबै धन्यवाद दिएका थिए । कार्यक्रमलाई थप मोरञ्जन प्रदानगर्न कालाकार किरण भुषालले कुशल नृत्य प्रर्दशन गरेकी थिईन् ।
 
समारोहमा कोलोराडोमा नेपाली सामुदायिक भवन निमार्ण कार्यमा अहोरात्र खटिई रहेको नेपाली घरको बुथ लगाएत बिभिन्न बुथहरु राखिएको थियो । त्यसमा कार्यक्रमका प्रमुख अतिथी कृष्णजिवी पन्थ लगायत बिभिन्न दाताहरुले सहयोग दिएको र केहीले सहयोग गर्ने प्रतिबद्धता जनाएको संस्थाका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् । त्यसैगरी आजको कार्यक्रमलाई सफल पार्न शुनिल पाठक लगायतका दाताहरुबाट नगद सहयोग प्राप्त भएको अध्यक्ष पन्थले बताएका छन् ।