मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

प्रवासका दुई कृतिमाथि ड्यालसमा समिक्षा

प्रवासका दुई कृतिमाथि ड्यालसमा समिक्षा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – अमेरिकाका नेपालीको पहलमा भरखरै प्रकाशित भएका दुई कृतिका विषयमा शनिबार ड्यालसमा अन्तरकृया कार्यक्रमको आयोजना भएको छ ।
 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) टेक्सस च्याप्टरको आयोजनामा भएको कार्यक्रममा साहित्यकार केशवराज ज्ञवालीद्वारा लिखित कथासंग्रह ‘अर्को भोर’ र आप्रवासी इञ्जिनियरहरुद्वारा लिखित ‘आँगन छाडेपछि’ कृतिको समिक्षा गरिएको थियो । अमेरिकामा रहेका नेपाली इञ्जिनियर ज्ञवालीको कथासंग्रह अर्को भोरमा समावेश भएका १४ वटा कथाहरुको विषयमा अर्का इञ्जिनियर साहित्यकार सतिश त्रिपाठीले संक्षिप्त समिक्षा प्रस्तुत गरेका थिए । 
नेपाली कथा साहित्यको क्षेत्रमा पछिल्लो समयमा ज्ञवाली निकै सशक्त कथाकारका रुपमा परिचित छन् । विशेषगरि अमेरिकी परिवेशमा उनले लेखेका कथाहरुले नेपाली समुदायको अवस्थाका बारेमा चित्रण गरेको पाइन्छ । 
 
त्रिपाठीले कथाकार ज्ञवालीका कथासंग्रहमा संलग्न कथाहरुले अमेरिकाको नेपाली समुदायको बारेमा प्रशस्त बोलेको चर्चा गरे । उनले कथासंग्रहको नामनै ‘तीन बराबर पाँच’ राख्न सुझाव दिए । तीन बराबर पाँच उक्त कथासंग्रहमा रहेको एउटा कथा हो ।
सोही अवसरमा पेशा, व्यबसायको सिलसिलामा बिभिन्न देशमा रहेका नेपाली इञ्जिनियरहरुद्वारा लिखित आफ्नो संघर्ष र अनुभव संलग्न भएको संग्रह आँगन छाडेपछि माथि पनि समिक्षा भएको थियो । पत्रकार सञ्जय घिमिरे, मालिका केशरी र साहित्यकार भीम कार्कीले ‘आँगन छाडेपछि’ संस्मरण संग्रहमा संलग्न संघर्षका बारेमा समिक्षा प्रस्तुत गरेका थिए ।
 
उक्त संग्रहमा १७ जना प्रवासी इन्जिनियरहरुले आफ्नो संघर्षका कथाहरु लेखेका छन् । जीवा लामिछानेदेखि लिएर प्रमोद अमात्य, डा. मधु आचार्यदेखि लिएर शर्मिला पोखरेलसम्मका प्रवासी जीवनका संघर्षका कहानीहरु संग्रहमा समावेश छन् । 
गजलकार पवन लामिछानेद्वारा सञ्चालित कार्यक्रममा कथाकार ज्ञवाली र साहित्यकार कृष्ण कुसुमले दुबै संग्रहको कल्पनादेखि लिएर पाठकको हातमा पुग्दासम्मका अवस्थाका बारेमा जानकारी दिएका थिए । नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले कार्यक्रमको सफलताका लागि शूभकामना दिँदै साहित्यको विकासका लागि नेपाली समाजले सकृय सहयोग गर्ने वचन दिएका थिए । 
 
अनेसास टेक्सस च्याप्टरकी अध्यक्ष निर्मला राईको सभापतित्वमा भएको कार्यक्रममा सहभागीहरुले जिज्ञासाहरु राखेका थिए । कोरोना प्रकोपका कारण विगत दुई वर्षदेखि सुस्ताएको ड्यालसको साहित्यिक गतिविधि प्रकोप साम्यसँगै बढ्न सुरु गरेको छ ।