मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुसद्वारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा

रुसद्वारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा


कि । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सबैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 
 
आक्रमणका लागि युक्रेन आएका रुसी सुरक्षाकर्मीहरुले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए । बम आक्रमणका कारण परमाणु केन्द्रमा आगलागीसमेत भएको थियो । त्यसपछि उनीहरुले त्यसलाई नियन्त्रणमा लिएका हुन् ।
 
रुसी सैनिकहरूले जापोरिज्या परमाणु केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले नै पुष्टि गरेका हुन् । रुसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो लागेको थियो । 
 
कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् भने उनीहरुले कामलाई निरन्तरता पनि दिइरहेका छन् । युक्रेनको आपतकालीन सेवा प्रदान गर्ने निकायले जापोरिज्यास्थित परमाणु केन्द्रमा लागेको आगो निभाइएको पुष्टि गरेको छ । एजेन्सी