मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनमाथिको हमला योजनाअनुसार नै भएको हो : रुसी राष्ट्रपति पुटिन

युक्रेनमाथिको हमला योजनाअनुसार नै भएको हो : रुसी राष्ट्रपति पुटिन


स्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताएका छन् । उनले भनेका छन्, युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।
 
रसियाको सुरक्षा परिषद्को एक बैठकमा उनले बिहीबार सो धारणा राख्नुभएको हो । उहाँले हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्था्त सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ– उनले भनेका छन् । उनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि बताए ।
 
उनले भने– रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ । रुसको सीमा क्षेत्रमा पश्चिमाहरुबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उनले बताए ।
 
रुसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ । बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय सहरहरुमा रुसी सेनाले हमला जारी नै राखेको बताइएको छ । एजेन्सी