मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

तेलको मुल्य बढ्यो , आर्थिक मन्दीको जोखिम र घरको मूल्य के होला

तेलको मुल्य बढ्यो , आर्थिक मन्दीको जोखिम र घरको मूल्य के होला

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- ग्यांस स्टेशनमा गएर कारमा तेल हाल्दा पैसा देखेर चसक्क हुने अवस्था आएको छ ।  रुसले युक्रेनमा आक्रमण गरेपनि विश्व बजारमा तेलको मूल्य लगातार बढ्दै गएको हो । कच्चा तेलको मूल्य बुधवार प्रति व्यारल ११६ अमेरिकी डलर पुग्यो । यो सन् २००८ यताको सवैभन्दा धेरै हो । 
 
रुस पनि ठुला मध्ये एक तेल उत्पादक देश हो । युद्धका कारण त्यहांवाट आउने तेलमा समस्या हुने देखिएकाले मूल्य अकासिएको हो । रुसका सैना युक्रेनमा प्रवेश गरे यता मात्र तेलको मूल्य २५ प्रतिशतले वढेको छ । 
 
यो बृद्धिले क्यालिफोर्निया लगायत केही स्थानमा प्राय धेरैले कारमा हाल्ने अनलिडेड तेलको मुल्य प्रति ग्यालन ५ डलरसम्म पुग्न थालेको छ । टेक्सस, मेजौरी, कोलोराडो जस्ता अधिकांश राज्यमा पनि तेलको मूल्य प्रति ग्यालन झण्डै ४  डलर देखिन थालेको हो । 
 
यो स्थितिले ५० डलरको ग्यांस हाल्दा पनि फुल ट्यांकी नुहने अवस्था देखिन थालेको छ । तेल मात्र होइन अहिले अमेरिकी उपभोक्ता दैनिक उपभोग्य समाग्रीको चर्को मूल्य बृद्धिको मारमा परेका छन् । ्
 
सन् २००८ मा अमेरिकामा आएको आर्थिक मन्दीको एउटा कारण तेलको मूल्य उच्च हुनुपनि थियो । तेलको मूल्य अझ वढ्यो भने अर्थतन्त्रमा संकट आउन सक्ने जोखिम छ । 
 
अमेरिकामा तेलको मूल्य प्रति व्यारेल ७० हुदां सम्म उपभोक्ताले खासै महसुस गर्दैनन् । अहिले रोजगारीका अवसर बृद्धि र पारिश्रमिक पनि वढेकाको छ । तर, तेलको मुल्य यसरीनै वढेमा उपभोक्ताले अन्य खर्च कटाउनु पर्ने हुन्छ । यसले अर्थतन्त्रमा मन्दी ल्याउन सक्ने जोखिम हुन्छ । 
 
तेलको मूल्य बृद्धिले कतिपय ग्यांस स्टेशनको विक्री घटेको वताईएको छ । भित्रको समानको पनि मूल्य वढेको र वाहिर ग्यांस पनि वढ्यो अव विजनेसमा समस्या आउला जस्ता हो केही ग्यांस स्टेशन संचालन गर्दै आएका नेपालीले भने । 
 
अव ग्यांस स्टेशन चलाएर नाफा लिन पनि पहिले भन्दा वढीको कारोवार गर्नु पर्ने अवस्था छ । 
 
यो अवस्थामा घर जग्गाको मूल्य के हुन्छ भन्ने छ ? घरको मूल्य बृद्धिको मुख्य कारण नयां घर नवन्नु हो । घर वनाउन आवश्यक समाग्री महंगो हुनु, श्रमिकको पारिश्रमिक महंगो र आपूर्ति व्यवस्थामा आएको अवरोधले आवश्यकता अनुसार नयां घर वनेका छैनन । 
 
यसैले बजारमा उपलव्ध घर भन्दा माग वढी भएको हो । मुल्य पनि यही कारण वढ्यो । पुरानो घर विक्री गर्नेलाई पनि किन्न कहां जाने भन्ने विकल्प छैन । घर महंगो भएको छ र नयां घर बजारमा आएका छैनन् । आपुर्ति व्यवस्था सुधार भई नयां वन्न थालेपछि मात्र घरको मूल्य केही मथ्थर हुने धेरैको अनुमान छ । 
 
कोभिडका कारण घरमा वसेर काम गर्ने (वर्क फर्म होम ) अफिसमा फर्किन थालेको बेला तेलको मूल्य बढेको छ । यसले गर्दा फेरी काम नजिक बस्न जाने क्रम बृद्धि हुन सक्ने देखिन्छ । यो अवस्थामा पनि घरको मूल्यमा फरक पर्ने छ ।  तस्बिर: सामाजिक संजाल