मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन सहर कब्जा

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन सहर कब्जा


कि । रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्युयोर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ।
 
सहर घेरिएको छ, खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ । कोलिखाएभले भने कि दक्षिणी क्षेत्रीय राजधानीको स्थिति रूसी सेनाले सहरमा प्रवेश गरेपछि तनावपूर्ण रहेको छ ।
 
क्रिमियन प्रायद्वीपको उत्तरपश्चिममा रहेको तीन लाख मानिसहरूको सहर खेरसनको पतन महत्त्वपूर्ण छ किनभने यसले रुसीहरूलाई युक्रेनको दक्षिणी तटीय क्षेत्रलाई नियन्त्रण गर्न र ओडेसा शहरतिर पश्चिमतर्फ धकेल्न अनुमति दिनेछन् ।
 
बुधबार युक्रेनमा सर्वसाधारणको हताहतीको घटना बढेको छ। संयुक्त राष्ट्र संघले २२७ नागरिक मारिएको बताएको छ ।
 
एनवाइटीका अनुसार, युक्रेन सरकारले शुरुमा नागरिकको मृत्युको संख्या दुई हजारभन्दा बढी उल्लेख गरेको थियो तर युक्रेनको आपतकालीन सेवा एजेन्सीले पछि त्यो संख्यालाई अनुमानित भन्दै कति मानिसहरू अझै पनि आगलागीमा परेको र भग्नावशेष हराइरहेका छन् भन्ने यकिन तथ्याङ्क बाहिर नआइसकेको जनाएको छ ।
 
मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही सुरु गरेको थियो ।
 
बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन् । यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन्। एजेन्सी