मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा विच मंगलवार टेलिफोन कुराकानी भएको छ । विदेशमन्त्री ब्लिकेन्नले टुईटर मार्फत यसको जानकारी दिदैं द्यिमान युक्रेन संकटका विषयमा कुराकानी भएको जनाएका छन् । युक्रेनको अखण्डता र सार्वभौमिकताका लागि नेपालको समर्थनवारे कुराकानी भयो ब्लिेन्केनले भनेका छन् । 

एमसीसी नेपालको संसदवाट अनुमोदन भए २ दिन पछि नेपाल र अमेरिका विच उच्चतहमा संवाद भएको हो । राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपालले युक्रेनका पक्षमा भोट हालेको थियो । परिषदमा भारत अनुपस्थित भयो भने चीनले रुसलाई समर्थन गरेको थियो । 
 
नेपाल र अमेरिका विच उच्चस्तरमा कुराकानी भएको २ बर्ष यता पहिलो पटक हो । आर्थिक विकास, क्ष्ँेत्रिय चुनौती लगायतका विषयमा दुई देश विच निकट साझेदारीमा काम गर्ने पनि ब्लिन्केनले जनाएका छन् ।