मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनका लागि आगामी २४ घन्टा महत्त्वपूर्ण : राष्ट्रपति जेलेन्स्की

युक्रेनका लागि आगामी २४ घन्टा महत्त्वपूर्ण : राष्ट्रपति जेलेन्स्की


कि । युक्रेनको रुससँगको लडाइका लागि आगामी २४ घन्टा महत्त्वपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग फोनवार्ताको क्रममा भनेको युक्रेनको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ । 
 
सो अवसरमा जोनसनले बेलायत र अन्य सहयोगीहरूबाट युक्रेनमा पुग्ने रक्षात्मक सहायता सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताएका छन् । 
 
यसैबीच, क्षेत्रीय सरकारका अनुसार दक्षिणी युक्रेनको बर्दियान्स्क शहर सोमबार बिहान रुसी सेनाले कब्जा गरेको थियो। यद्यपि युक्रेनी सेनाले भने सोमबार किभको अवस्था अझै नियन्त्रणमा रहेको बताएको छ ।
 
पछिल्लो घटनाक्रमअनुसार युक्रेनी प्रतिनिधिमण्डल बेलारुसको गोमेल क्षेत्रमा रुसी पक्षसँग वार्ताका लागि आइपुगेको स्पुतनिकले जनाएको छ । एजेन्सी