मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुस र युक्रेनबीच वार्ताको तयारी भइरहेको दाबी, वार्ताका क्रममा युक्रेनका दुई माग

रुस र युक्रेनबीच वार्ताको तयारी भइरहेको दाबी, वार्ताका क्रममा युक्रेनका दुई माग


स्को । आपसमा युद्ध गरिरहेका रुस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी भइरहेको दाबी गरिएको छ । बेलारुसले सोमबार वार्ता गर्ने तयारी भइरहेको त्यसका लागि सबै तयारी पुरा भइसकेको पनि जानकारी दिएको छ । 
 
अधिकारीहरुले वार्ता आइतबार नै गराउने प्रयास भएको भए पनि तयारी पूरा नभएको र पर्याप्त वातावरण नबनेकाले वार्ता हुन नसकेको उल्लेख गरेका छन् ।
 
रुसले युक्रेनमाथी आक्रमण गरेको पाँचौ दिनमा वार्ता हुन लागेको र त्यसका लागि दुवै तर्फका प्रतिनिधिहरु आउदै गरेको बेलारुसको भनाई छ ।यसअघि वार्ताका लागि तयार नभएको युक्रेनले अहिले भने प्रतिनिधि पठाउन तयार भएको छ । दुवै देशको छिमेकी बेलारुसमा वार्ता हुन लागेको हो ।
 
रुसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्विकार गरेपछि रुसले आक्रमण अझ बढाएको थियो ।“रुस र युक्रेनका बीचमा वार्ता गराउन सवै तयारी पुरा भएको छ, हामी दुवै देशका प्रतिनिधिहरुको प्रतिक्षामा छौँ, आशा छ उहाँहरु आउनु हुनेछ र वार्ता पनि सकारात्मक हुनेछ,” बेला रुसको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा लेखेको छ । 
 
वार्ताका लागि तयार पारिएको ठाउँमा राखिएको लामो टेवल र केही कुर्सी सहितको फोटो पनि मन्त्रालयले सार्वजनिक गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताएका छन् । उनले विश्वास नभए पनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिए । एजेन्सी
 
रुससँगको वार्ताका क्रममा युक्रेनका दुई माग
 
युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ । बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नु पर्ने शर्त राखेको हो । 
 
युक्रेनले दुई शर्त राखेपछि वार्ताले सकारात्मक मोड लिने संभावना कम रहेको अधिकारीहरुले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफुलाई विश्वास नभएको बताएका थिए । उनले विश्वास नभए पनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिएका थिए ।  
 
रुसले युक्रेनमाथी आक्रमण गरेको पाँचौ दिनमा वार्ता भएको हो । वार्ता युक्रेनसँगको सीमाक्षेत्रमा पर्ने बेलारुसको एक ठाउँमा भएको हो । रुसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्विकार गरेपछि रुसले आक्रमण अझ बढाएको थियो । रुसी सेनाले युक्रेनमा अहिले पनि आक्रमण जारी राखेका छन् । एजेन्सी