अमेरिका समाचार

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कोलोराडोमा बृहत अन्तरकृया सहित महिला सम्मान कार्यक्रम हुदै

प्रकाशित |
कोलोराडो (अमेरीका)- एनआरएन कोलोराडो च्याप्टरको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कोलोराडोमा बृहत अन्तरकृया तथा महिला सम्मान कार्यक्रम हुने भएको छ ।
 
एनआरएन एनसीसी अमेरीकाका पदाधिकारीहरु, कोलोराडोमा रहेका सबै संघ संस्थाका पदाधिकारी, महिला , बुद्धीजिवी, सामाजिक अभियान्ता, कोलोराडोमा रहेका केही शहरका मेहरहरु, संचारकर्मि तथा सर्बसाधारणको उपस्थितीमा कार्यक्रम हुन लागेको एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्तले बताएका छन् । कार्यक्रम  ब्रुमफिल स्थित मिनाज् रेष्टुरेन्ट तथा ईभेन्ट सेन्टरमा यहि मार्च ५ तारिक बिहान ११ बजे देखी दिउसो २.३० बजेसम्म संचालन हुने जनाईएको छ ।
 
कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न च्याप्टरले ११ सदस्सिय प्रोग्राम कमिटी गठन गरेको थियो  । सोही कमिटीले समाजमा रहेर बिभिन्न क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएका ५ जना महिलाहरु सम्मानको लागी छनौट गर्ने, कार्यक्रमको ढाचा तयार पार्ने , श्रोत जुटाउने तथा प्रचार प्रसार गर्ने जस्ता कामहरु गरीरहेको बताईएको  छ ।  
 
कार्यक्रममा बुना दाहाल र साबु गदालले नारी दिवसको महत्व र आवश्यकता बारेमा प्रष्ट्याउने छन् । त्यसैगरी कार्यक्रममा एनआरएन एनसीसी अमेरीकाका बरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्थ, उपाध्यक्ष गोपेन्द्र भट्टराई , महिला उपाध्यक्ष दिक्षा बस्नेत लगाएतका पदाधिकारी सहभागी हुने पक्का भई सकेको च्याप्टर अध्यक्ष पन्तले बताएका छन् ।
 
उनले कार्यक्रममा सहभागी हुन कोलोराडोमा रहेका सबै संघ संस्थाका पदाधिकारी बुद्धीजिवी, समाजसेवी सबैलाई पत्राचार गरिसकिएको र यदि कुनै कारणबस पत्र प्राप्त नभएको भएपनि यसैलाई आधार मानि कार्यक्रममा सहभागी भई सफलाताका साथ सम्पन्न गर्न सहगोग पु¥याई दिन सबैलाई अनुरोध गरेका छन् ।
 
महिला माथी हुने अत्याचार, शोषण, दमन, हिंसा जस्ता लैंगिक बिभेद र अमानबिय ब्याबहार अन्त्य गरी लैंगिक समानता कायमगर्न, असमानता घटाउन, न्यायमा समान पहुंच र महिलाहरुको आर्थिक, सामाजिक तथा ब्याबस्थापकिय रुपान्तरणको आवाज उठाउदै हरेक बर्ष मार्च ८ का दिनलाई अन्तराष्ट्रिय नारी दिवसको रुपमा मनाउने गरिएको छ ।

नातिबाबु भट्ट

नातिबाबु भट्ट -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया