अन्तर्वार्ता

जहाज किनेपछि, कृष्ण पन्तले भने इच्छा त मेरो 'विग' हुने छ

प्रकाशित |

ड्यालस (टेक्सस)–जहाज किन्ने पक्का पक्की गरेर फर्किएको दुई दिन पछि हिमालयखबरसँग ड्यालसको रेष्टुरेष्टमा टेक्ससका व्यबसायी कृष्ण पन्तले सुनाए–‘योजना त मेरो अझै विग, अझ यो भन्दा पनि ठुलो हुने छ ।

पन्त व्यवसायमा अझ बिग हुने सपना पछ्याउँदै जहाज किन्न मध्ये अमेरिकी देश सान्ता डेमिकन पुगेका थिए । यही क्रममा अन्य साझेदार पनि भेटिए । फेबु्रवरी महिनाको अन्तिममा उनको जहाज अमेरिका आइपुग्दैछ । यसले उनमा उत्साह थपिरहेको छ । 

सन् १९९८ मा दुईटा सुटकेश र केही हप्तालई खान–बस्न पुग्ने पैसा बोकेर अमेरिका आएका थिए पन्त । २४ वर्षको बीचमा उनीसँग तीनवटा होटेल, केही स्टोर, सपिङ सेन्टर लगायतका व्यवसाय छन् । रियल स्टेट (घरजग्गाको कारोवार) मा पनि उनले लगानी गरेका छन् । यी व्यवसायवाट आएको नियमित आम्दानीलाई उपयोग गर्दै कारोवार वढाउँदै लैजाने क्रममा नयाँ व्यवसाय खोज्दै पन्त जहाज किन्न पुगेका हुन् । 


नेपाली व्यवसायीले जहाज किने योजना सुनाउँदा विभिन्न तर्क वितर्क भए । कतिले पत्याएनन् पनि । सिक्का दुईटै पाटाका बारेमा कुरा भए । तर, कृष्ण भने यसमा स्पष्ट छन् । सुरुवातमै कुनै जटिलटता, असंभव र ठुलो नोक्सानी उनले देखेका छैनन् । नसक्ने जोखिम लिईरहेका पनि छैनन् ।

‘मैले अहिले जे गरिरहेको छु । त्यसभन्दा वाहिर पनि सोच्नु प¥यो नि । म नयाँ क्षेत्र र अवसर खोज्दै जहाज किन्न पुगेको हुँ’ उनले सुनाए । उनले आफ्ना योजनाहरु सुनाए–‘यसमा अब सिक्दै छु । यहाँबाट पैसा पनि बन्न सक्छ, यो बृहत पनि हुन सक्छ । नहुने जोखिम पनि छ  पन्तले भने यसमा सकिन भनेपनि मलाई कुनै नोक्सान हुँदैन । हामीले अहिले सानो जहाजमा जति लगानी गरेका छौं त्यो भाडामा दिएर वा कतै न कतैबाट पैसा उठिहाल्छ ।’

यस क्षेत्रमा काम गर्दै सिक्दै जाने योजना पन्तको छ । यो यसका लागि पुर्व तयारी हो उनले भने  नेपाल बाट आउँदा यहाँ गर्ने व्यवसायका वारेमा कुनै आईडिया थिएन भित्र पस्दै गए पछि जान्दै आईन्छ ।

अरु नेपाली जस्तै कृष्ण पनि अवसर खोज्दै विदेशीएका थिए । ‘विदेशमा सुरुका कथा व्यथा पनि अरुका जस्तै समान छन् । घर छाडेर हिड्दा अरुका जुन कहानी छन् मेरो पनि त्यही हो’ पन्तले भने । 

नेपालमा गोरखाको उच्च मध्यम परिवारमा जन्मिएका कृष्ण पढ्न काठमाडौ आए ।  उनका पुर्खाको जिल्लाभर नाम चलेको मुन्ना घर भनेपछि धेरैले चिन्थे । काठमाडौमा डेरामा वसेर पढ्दै गर्दा होटल काठमाडौं (अहिले बन्द) मा काम पाए । पहाडमा सम्पन्न भएपनि काठमाडौमा डेरा भाडा तिर्न गाह्रो । केहिले नुन छैन कहिले तेल छैन । होटलको कामले उनको चित्त वुझिरहेको थिएन । 

त्यसवेला देखिनै उनी व्यवसाय गर्नु पर्छ भन्ने सोचमा थिए । त्यसवेला ढुकुटीको पैसावाट पानी विक्री गर्ने व्यवसायमा लागे । ‘तर यो भएन जसलाई मैले विश्वास गरें उसबाट मैले धोका पाएँ’ उनले विगत कोट्याए ।  

नेपालमा व्यवसाय नचलेपछि उनी सन् १९९६ मा जर्मनी गए । त्यहाँ म्याकडोनाल्ड देखि विभिन्न साना तिना काम गरेर दुई बर्ष पछि फेरी नेपाल फर्किए । विदेशको नसा लागेको थियो । अनि फेरी अमेरिका आईपुगे । 

अमेरिकामा पनि शुरुका दिन कठिन भए । बिहान सबेरै ग्याँस स्टेशन खोल्ने देखि राति अबेर बन्द गर्नेसम्म गरेर आफैं काम गरे । घण्टाको हिसावले पारिश्रमिक पाउँथे । ‘ग्यांँस स्टेशनमा रजिष्टर हानिरहेको थिएँ । नेपालवाट वुवाको मृत्युको खवर आयो’ पन्तले भने त्यो दिन मेरा लागि जीवनकै पीडादायी थियो ।

सन् २००० मा उनले स्टोर किने । त्यही स्टोरमा काम गर्दै उनले व्यवसाय बढाए ।


अमेरिकामा केही ठाउँमा उनले नोक्सान पनि भयो । होटलमा लगानी गर्न खोज्दा शुरुमा ५ लाख डलर नोक्सान भयो । तर उनले टाउको समातेर बसेनन् । यसलाई शिक्षाका रुपमा लिई अघि बढे ।

केही गर्ने आँट र आत्मविश्वास छ भने व्यवसाय गर्न पैसा पनि बाधक नहुने उनको अनुभव छ । व्यवसाय गर्ने आँट गर्नु होस केही पुँजी आफुसंँग नहुँदा बैंकहरु रकम दिनका लागि आउने उनको अनुभव छ ।

‘बैंक पैसा दिनकै लागि खुलेका हुन् । त्यहाँ तपाईको व्यवसायलाई पैसा दिँदा हुन्छ किन हुँदैन भनेर अध्ययन गर्नकै लागि ८-१० जना हुन्छन् मेहिनेत गरेर काम गर्नु हुन्छ भने नोक्सान हुँदैन’ पन्तले भने । 

उनले व्यवसाय अघि बढाए । ‘अहिले जहाज तिर लागेको छु । यो बैंकको ऋणले नै संभव भएको हो’ पन्तले भने । जति कारोवार र अनुभव वढ्दै जान्छ वैंकले अझ वढी पत्याउँदै जान्छन् । बढी पैसा दिन आउँछन् उनको शुत्र छ । 

 

बैंकले दिने ऋणको सन्दर्भमा उनले रामायणको कथा सुनाए–‘हनुमानले लंका जलाए । उनको पुच्छरमा टालो बाँध्ने अरुनै थिए । त्यो टालो अरुकै थियो । आगो अरुकै थियो । त्यसले नै हनुमानले आफ्नो काम पुरा गरे । हामीले व्यवसायमा यही गर्ने हो ।’

आफ्ना सन्तानले व्यवसाय गर्न चाहे त्यसका लागि अहिलेनै पुर्वाधार तयार पारिदिएको उनले सुनाए ।

उनीहरुको नाममा आम्दानी देखाएर ट्याक्स फाइल गर्ने, केही सम्पत्ति उनीहरुका लागि राखिदिएको पनि उनले खुलाए । ‘त्यही गरे पुग्छ । यो अभिभावकले गर्नु पर्ने दायित्व हो’ उनले भने । त्यत्ति भएपछि त चाहन्छन भने उनीहरुले बैंकवाट ऋण धन गरी व्यवसाय गर्न सक्छन् । 

‘डाक्टर पढ् भन्दा छोरीले समय वढी लाग्छ भनिन् । मैले पनि जोड गर्न सकिन’ पन्तले आफ्नै परिवार भित्रको कुरा सुनाए–‘डाक्टर भएर जागिर नै खानुपर्छ । तर व्यबसाय गर्दै जाँदा त डाक्टरलाई पनि जागिर दिन सकिन्छ ।’

"पन्त परिवार"

पैसा मात्र कमाउने ? यसमा पन्त भन्छन्–‘व्यवसाय गर्दा मलाई मज्जा आउँछ, पैसा पनि कमाउनु पर्छ तर, यो पैसावाट समाजका लागि पनि केही दिनु पर्छ । पन्तले ड्यालसमा बन्न लागेको नेपाली मन्दिरका लागि एक लाख डलर दिने भनेर बोलिसकेका छन् । उक्त मन्दिरमा सवैभन्दा बढी सहयोग बोल्ने उनीनै हुन् । ‘मैले बोले अनुसार ५० हजार डलर दिईसके । बाँकी पनि दिन्छु’ उनले भने । 

जुन दिन उनको सम्पत्ति ५० मिलियन कट्छ त्यो दिन १० मिलियन डोनेसन गर्ने उनको योजना छ । बढी कमाउँदै जाँदा बढी डोनेसन गर्ने उनको लक्ष्य छ ।  

व्यवसाय गर्नेले अरुलाई पनि व्यवसायी बनाउन सक्नुपर्ने उनले वताए । नेपाली धनी भए यसबाट नेपाली समुदायले पनि केही पाउने उनको अनुभव छ । ‘एउटा व्यवसायीले अरुलाई पनि व्यवसायी बनाउन सक्दैन भने त्यसमा सार्थकता हुदैंन’ उनले भने ।

उनी नेपालमा पनि लगानी गर्ने सोचमा छन् । यसका लागि उनले काम गरिरहेका छन्, कुन क्षेत्र उपयुक्त हुन्छ भनेर अध्ययन गरिरहेका छन् ।  

‘कहिले सम्म काम गर्ने त ? यो प्रश्नमा पन्तले भने–‘नो लिमिट । मलाई व्यवसाय गर्दा मज्जा आउँछ, अझ अगाडी बढ्नु छ । जब सम्म हात खुट्टा चल्छन, म बुढो हुन्न त्यसबेला सम्म यो बढ्छ ।’



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया