मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुससँगको भिडन्तमा तीन बालबालिकासहित १९८ युक्रेनीको मृत्यु

रुससँगको भिडन्तमा तीन बालबालिकासहित १९८ युक्रेनीको मृत्यु


किभ । युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । 
 
युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर ल्यास्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन् । मारिएकामध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए ।   
 
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दिएको जानकारीअनुसार मृतकको सङ्ख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ । 
 
पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन् । घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ । देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन् ।  
 
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खबर पठाए पनि उनले अस्वीकार गरेका छन् । अमेरिकी सञ्चारमाध्यमहरूले नै युक्रेनबाट उनलाई उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई उहाँले अस्वीकार गरेको जनाएका छन् ।
 
अमेरिका अधिकारीहरूलाई उनले जवाफ दिएका छन्, “यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन । म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु ।”
 
विगतमा हास्य व्यङ्ग्यकार तथा अभिनेतासमेत रहेका उनको यस जवाफका बारेमा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ । 
 
जबसम्म शत्रुले आक्रमण गरिरहने छन्, तबसम्म त्यसको सामना आफूले गरिरहने अठोटसहित उनले आफू युद्ध मैदानमै उत्रिएको देखिने एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेका छन् । एजेन्सी