मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पुटिन र म्याक्रोनबीच युक्रेनको अवस्थाबारे छलफल

पुटिन र म्याक्रोनबीच युक्रेनको अवस्थाबारे छलफल


स्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार युक्रेनको अवस्थाबारे छलफल गरेका छन् । 
 
फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्ताको क्रममा भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको स्थितिमा गम्भीर र स्पष्ट विचार आदानप्रदान गरेको क्रेमलिनको विज्ञप्तिमा जनाइएको छ।
 
सो अवसरमा पुटिनले विशेष सैन्य कारबाही सुरु गर्ने निर्णय गर्नुको कारण र परिस्थितिहरूको विस्तृत व्याख्या गरेको जनाइएको छ।  दुवै पक्ष निकट सम्पर्कमा रहन सहमत भएको पनि बताइएको छ ।
 
युक्रेनको राजधानी सहरमा रुसी विशेष सैन्य कारबाही दोस्रो दिनमा प्रवेश गर्दा धेरै विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।
 
सोमबार पुटिनले युक्रेनको अलग क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र हैसियतका रूपमा मान्यता दिएपछि डोनबास क्षेत्रका मानिसहरूलाई सुरक्षा गर्न विशेष सैन्य अपरेशनको आदेश दिइएको रुसको दाबी छ ।
 
बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र रुस विरुद्ध प्रतिबन्ध लगाएका छन् । एएनआई