मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुस र युक्रेनलाई वार्ताबाट विवाद समाधान गर्न आह्वान

रुस र युक्रेनलाई वार्ताबाट विवाद समाधान गर्न आह्वान


न्यूयोर्क । संयुक्त राष्ट्रसंघ महासभाको ७६ औं सत्रका अध्यक्ष अब्दुल्ला शाहिदले बिहीबार युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आह्वान गरेका छन् । 
 
म तुरुन्त युद्धविराम, तनाव कम गर्न र कूटनीति र वार्तामा  फर्किनका निम्ति आह्वान गर्दछु, अध्यक्षले विज्ञप्तिमार्फत् सो आग्रह गरेका हुन् ।  
 
संयुक्त राष्ट्रसंघको बडापत्र सार्वभौम समानताको सिद्धान्तमा आधारित रहेको कुरामा जोड दिँदै शाहिदले सबै सदस्य राष्ट्रहरूलाई आफ्ना अन्तरराष्ट्रिय विवादहरू शान्तिपूर्ण माध्यमबाट समाधान गर्न आह्वान गरेका हुन् । 
 
म सबै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन र अन्तरराष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न मेरो आह्वान पुनः दोहोर्‍याउँछु, उनले भने । 
 
शाहिदले भने, युक्रेन र यहाँका जनतालाई मानवीय सहायताको लागि अहिले सुरक्षित र निर्बाध पहुँच प्राथमिकता र समयको आवश्यकता हो । सिन्ह्वा