मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चीन र रुसका विदेशमन्त्री फोनवार्ता

चीन र रुसका विदेशमन्त्री फोनवार्ता


बेइजिङ । चीनका विदेशमन्त्री वाङ यी र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनमा वार्ता भएको समाचारमा जनाइएको छ । उनीहरुका बीचमा बिहीबार फोनवार्ता भएको छ । बिहीबार नै रुसले युक्रेनमा सैन्य हमला थालेको थियो ।
 
त्यसपछि बिहीबार राति उनीहरुका बीचमा फोनवार्ता भएको समाचारमा जनाइएको छ । सो फोनवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनमा रुसले गरेको हमलाको बारेमा जानकारी गराएका थिए । 
 
रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ । युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हलाई हमला गरिरहेका बताइएको छ । 
 
सो फोनवार्ता खासगरी युक्रेनमाथिको हमला र त्यसका कारण विश्वमा उत्पन्न भएको राजनीतिक तरंगका विषयमा केन्द्रित रहेको समाचारमा जनाइएको छ । सिन्ह्वा